२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इन्टरनेट सेवाको अभावमा तथ्याङ्क सङ्कलनमा ढिलाइ

६ फाल्गुन २०७३, शुक्रबार ०७:५५

फागुन ६, सोलुखुम्बु । गाउँमा इन्टरनेट नचलेपछि भूकम्पपीडितको तथ्याङ्क सङ्कलनमा खटेका प्राविधिक सदरमुकाम धाउन बाध्य भएका छन् । 

भूकम्पपीडितको लगत सङ्कलनका लागि विभिन्न गाविसमा खटिएका प्राविधिकले इन्टरनेट नचलेपछि सङ्कलन गरेको तथ्याङ्क केन्द्रीय कार्यालयमा पठाउन सदरमुकाम सल्लेरी आउन बाध्य भएका हुन् । 

सङ्लकन भएको तथ्याङ्क प्रत्येक दिन कार्यालयमा पठाउनुपर्ने भए पनि इन्टरनेट सेवाको पहुँच र सुविधा नभएकाले गाविसमा खटिएका प्राविधिक सदरमुकाम आउनुपरेको लगत सङ्कलन सम्पर्क कार्यालय सल्लेरी सोलुखुम्बुका सम्पर्क अधिकृत लोकुचाराज दासले बताउनुभयो । 

इन्टरनेटले कार्यक्षेत्रमा काम नगर्दा प्राविधिकले पनि दोहोरो दुःख पाएको उहाँले बताउनुभयो । ‘डाटा अप्लोड’ का लागि जिल्लाको डाँडापारिको गाउँ विकास समिति भनेर चिनिने ‘गोली’ बाट दुई दिन हिँडेर सदरमुकाम आइपुगेको सर्वे इन्जिनियर रामकुमार पाख्रिनले भन्नुभयो, “इन्टरनेटकै समस्याले नियमित काममा बाधा पुगेको छ ।” 

इन्टरनेट नहँुदा सङ्कलन गरेको डाटा ट्याब्लेटबाट उड्ने र डिस्प्ले जानेसम्मको समस्या भोग्नुपरेको इन्जिनियर पाख्रिनको दुःखेसो छ । प्राविधिक समस्याका कारण काममा ढिलाइ हुनका साथै समयमा डाटा सङ्कलन गर्न कठिनाई हुने जिल्लाका अधिकांश प्राविधिकको गुनासो छ । 

भूकम्प गएको करिब २२ महिनापछि बल्ल तथ्याङ्क सङ्कलनको काम सुरु भएको जिल्लामा इन्टरनेटको समस्याले गर्दा अझ काममा ढिलाई हुने भएको छ । 

सम्बन्धित निकायकै काम ढिलो भएमा पीडितले यसवर्ष पनि सबै प्रक्रिया पूरा गरी घर बनाउन ढिला हुने गुनासो गर्न थालेका छन् । गाउँमा इन्टरनेटले काम नगरेपछि प्राविधिकलाई पनि सदरमुकाम आउन र जानमै अधिकांश समय खर्चनुपरेको छ भने जिल्लाको चौरीखर्क, नाम्चे र खुम्जुङ गाविसमा तथ्याङ्क सङ्कलनको काम नै सुरु भएको छैन । 

यसैगरी, लगत सङ्कलन सम्पर्क कार्यालय सोलुखुम्बुले भूकम्पपीडितको नाम यस अघिको सूचीमा छुटेको भए गाविस सचिवमार्फत टिपाउन भूकम्पपीडितलाई आग्रह गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य