२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा सिद्धार्थ डेपलप्मेण्टको कारोवार सुरु

६ फाल्गुन २०७३, शुक्रबार १६:०१

प्रेम सुनार | फागुन ५, गुल्मी | गुल्मीको तम्घासमा आज देखि सिद्धार्थ डेवलप्मेण्ट बैंकले कारोवार सुरु गरेको छ । नेपाल सरकारको लगानी रहेको  र देशकै दोश्रो पुरानो बैंकका रुमा रहेको शिद्धार्थ बैंकले आज भव्य समारोहका  विच तम्घासको मिलन चोकमा उद्घाटन गरी कारोवार सुरु गरेको हो ।

शिद्धार्थ बैंकको गुल्मीका वयोबृद्ध नागरिक तिलकराम भण्डारीबाट उद्घाटन गराईएको थियो भने एटिएम शाईन रेसुङ्गा डेपलप्मेण्टका अध्यक्ष राजेन्द्रपसाद श्रेष्ठ र गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेद्धारा उद्घाटन गराईएको

थियो । 

उद्घाटन सत्रलाई सम्वोधन गर्दै उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले  ग्रामिण भेग सम्मका सर्व साधरणहरुलाई सहज बैंककिङ्ग सुविधा पुराउनका लागि गुल्मीमा शिद्धार्थ  बैंकको ३५ औं शाखाका रुपमा गुल्मीमा स्थापना गरिएको बताए । उनले शहर वजारका मात्र जग्गा धितो राखेर बैंकहरुले ऋण उपलव्ध गराउँदै आएकोमा अव शिद्धार्थ बैंकले  गाउँका कृषक र विपन्न वर्गका जमिनहरु प्नि धितोमा राखेर  ऋण उपलव्ध गराउने र त्यसबाट उनिहरुको आर्थिक अवस्थामा परिवर्तन ल्याउने मुख्य उद्देश्य रहेको बताए ।

शिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वुटवलबाट सुरु गरिएको शिद्धार्थ विकास बैंक आज अधिराज्यभर विस्तार भएको, नेपाल सरकारको लगानी रहेको  र  नेपालको दोश्रो पुरानो विकास बैंक भएकोले ढुक्क भएर यस बैंकमा कारोवार गर्न आग्रह गरे ।

उनले शिद्धार्थ विकास बैंक बुटवलको प्रत्येक वजारमा २० मिटको अन्तरमा रहेको र गुल्मीमा पनि यस बैंक गाउँ गाउँमा शाखा माग बढ्दै जाने विश्वास व्यक्त गरे । अव छिट्टै  २ अर्व ५० करोडको कारोवार गर्ने लक्ष्य लिईएकोपुराउनु र नेपालको

बेरोजगारी समस्यालाई समधान गनु नैं शिद्धार्थ विकास बैंकको मुख्य उद्देश्य  रहेको बताए ।

यस अघि तम्घास मिलनचोकको जयराम हार्डवेयर रहेको भवनमा शिद्धार्थ विकास बैंक सञ्चालनमा ल्याईएको छ । उक्त बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम मार्फत दलित र अन्य समुदायका विपन्न वर्गका महिला पुरुषहरुले स सानो व्यवसाय गर्न चाहे बैंकले लगानी गर्ने तम्घास शाखा प्रमुख वावुराम लम्सालले जानकारी दिए ।

गुल्मी शाखा स्थापनाका   संस्थापक  शेयर श्यामकुमार पाण्डेयले  शिद्धार्थ बैंक गुल्मी आउनु नै सवै वर्ग समुयादका लागि शौभाग्यको  विषय भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने