2026-10-28 01:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

छुसाङको नुन उत्खनन प्रक्रिया सुरु

फागुन ९, मुस्ताङ । आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमुना परीक्षण गरेको हो । 

तेताङमा नुनखानीको पहाड भए पनि त्यसको उत्खनन र प्रयोग नहुँदा खेर गइरहेकाले गत वर्षदेखि सरकारले यसलाई प्राथामिकतामा राखेर उत्खननका लागि प्रक्रिया अघि बढाएको सहसचिव गिरीले जानकारी दिनुभयो । 

‘‘यहाँको नुनखानी उत्खननको सम्भावना उच्च छ, गत वर्ष पनि एक टोलीले यसको अध्ययन गरेको थियो’, उहाँले भन्नुभयो, ‘‘अहिले पनि हाम्रो टोलीले आवश्यक नमुना लिएका छ, खानीलाइप्रयोगमा ल्याउने गरी छिट्टै काम अघि बढ्छ ।” 

टोलीमा सहसचिव गिरी, उपसचिव दिलकुमार शर्मा र लक्ष्मी बास्कोटा सहभागी हुनुहुन्थ्यो । 

बिगतमा निःशुल्क नुन उपभोग गर्दै आएका तेताङवासीले पनि तत्काल उत्खननको काम थाल्न टोलीलाई आग्रह गरेका थिए । स्थानीयवासी घुली गुरुङले उत्खनन गर्न छाडेपछि नुनखानी अलपत्र बनेको युवा पेमा दोर्जे गुरुङले जानकारी दिनुभयो । “गत वर्षपनि अध्ययनका एक टोली आएको थियो, अब देखिने काम हुनुपर्छ”, उहाँले भन्नुभयो । त्यहाँ उत्खनन गरिएको नुनले २० वर्ष अघिसम्म तेताङ र सिङ्गो मुस्ताङ जिल्ला मात्र होइन म्याग्दी र बाग्लुङ जिल्लामा समेत 

निर्यात हुने गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जलवायुजन्य विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ भारी वर्षाको जोखिमपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कता अपनाउन निर्देशन सुर्खेतमा दाउरा प्रहारबाट एक जनाको मृत्यु, आरोपी पक्राउ सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य करेन्ट लागेर एकजनाको मृत्यु गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली