Skip to content
Friday, July 17, 2026 Nepali Online Media
February 22, 2017 मुगु - MG, समाज

मुगुका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>नन्द बहादुर रोकाया/फागुन ११, मुगु ।</b> पोषण स्थितीमा सुधार ल्याउन दातेँ ओखरको बिरुवा बितरण गरिएको छ ।&nbsp;<br></p><p>नारिउत्थान तथा सचेतना केन्द्र मा आवद्ध कृषक समुह जिल्लाका रोवा र रारा गाउँ बिकास समितीका कृषकहरुलाई दातेँ ओखरको बिरुवा बितरण गरिएको हो । नारिउत्थान तथा सचेतना केन्द्र मुगु अन्र्तगत ग्रामिण सेवा प्रदायक एनएमए हेल्भेटासको सहयोगमा सञ्चालित लघु परियाजना अन्र्तगत दुई गाविसका गरि ६० जना कृषकहरुलाई दातेँ ओखरका बिरुवा बितरण गरिएको हो । प्रति घरपरिवार १० वटा दरले झण्डै ६ सय वटा ओखरका बिरुवा बितरण गरेको नारी उत्थान तथा सचेतना केन्द्र मुगुकी अध्यक्ष चेतना शाहीले जानकारी दिनुभयो ।&nbsp;</p><p>ओखरबाटै पनी आम्दानी गर्न सकिने तथा दैनिक रुपमा मिलाएर ओखर खानाले स्थानियको पोषण स्थितीमा सुधार ल्याउनका लागी ओखरका बिरुवा बितरण गरिएको हो ।&nbsp;</p>