जितेन्द्र भण्डारी/फागुन ११, फिदिम । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालावबन्दी गर्दै दुईजना पत्रकारले वुधवारदेखि आमरण अनसन शुरु गरेका छन ।
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जितेन्द्र भण्डारी/फागुन ११, फिदिम । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालावबन्दी गर्दै दुईजना पत्रकारले वुधवारदेखि आमरण अनसन शुरु गरेका छन ।
"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

अध्यक्ष ढुंगाना र पत्रकार अधिकारीद्धारा महासंघको कार्यालय अगाडि आमरण अनसन

२०७३, ११ फाल्गुन बुधबार ११:२८

जितेन्द्र भण्डारी/फागुन ११, फिदिम । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा तालावबन्दी गर्दै दुईजना पत्रकारले वुधवारदेखि आमरण अनसन शुरु गरेका छन ।
आमरण अनसनमा वस्ने पत्रकार हरुमा महासंघको पाँचथर शाखाका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारी छन ।
पत्रकार महासंघको केन्द्रीय नेतृत्व दलीय भागबण्डामा सदस्यता वितरण गर्न उद्वत रहेकाले उक्त कार्य रोकिनुपर्ने र  शाखामा सर्वसम्मत निर्णय गरी पठाइएको सदस्यता केन्द्रीय समितिले अनुमोदन नगरी क्षेत्रीय र संघठन समिति मार्फत नक्कली उजुरी खडा गरी पाँचथर लगायतका जिल्लामा शाखा अधिवेशन अनिर्णित बनाएकाले साधारण सदस्यता वितरण र नविकरण बिधानतः गर्नुपर्ने लगायतका माग उनीहरुको छ ।
यस्तै गत माघ ८ गते शाखा अधिबेशन सम्पन्न गर्ने क्रममा धाँधलीपूर्ण र नियतवस अगाडी बढ्ने केन्द्रीय प्रतिनिधिहरु लक्की चौधरी र खगेन्द्र पन्तलाई कार्वाहि गर्नुपर्ने तथा लामो समयदेखि पत्रकार महासंघको सदस्यता लिएर पेशामा नरही सरकारी वा अन्य सेवामा रहेका सरकारी कर्मचारी र पेशा व्यवसायीका हकमा केन्द्रवाटै सुद्वीकरण अभियान शुरु गरिनुपर्ने माग पनि उनीहरुका छन ।
पाँचथर शाखाले २०७३ साउन २ गतेको कार्यसमितिको सर्वसम्मत निर्णयवाट २१ जना पत्रकारको सदस्यता सिफारिस गरिएकोमा त्यसलाई अनुमोदन नगरी केन्द्रीय समितिले जवरजस्ती सदस्यता थप्ने र नविकरण गर्ने लगायतका कार्य गर्दै शाखा अधिवेशन गर्न नदिएकाले आमरण अनसनको विकल्प रोज्नु परेको पाँचथर शाखाका अध्यक्ष ढुंगानाले वताए ।

अनसन शुरु गरेको केहि समय पश्चात केन्द्रीय कार्यालय पुगेका महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र बिष्टले ताला खोल्ने प्रयत्न गरेपनि आफुहरुका माग सम्वोधनमा चासो नदेखाएको उनको आरोप छ ।
यद्वपी बिष्टले भने पाँचथर शाखाले गरेको निर्णयलाई उल्टाउने हर्कत नगरेको भन्दै केन्द्रीय कार्यालयमा गरिएको ताला खोल्न सहयोग गरिदिन अनुरोध गरेका छन । यसैविच जबरजस्ती सदस्यता विवाद झिकेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरको अधिबेशन अनिश्चित गर्न नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र पुर्वाञ्चल क्षेत्रीय समितिले चालेको कदमप्रति नेपाल प्रेस यूनिय पाँचथरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
 यूनियनले आज विज्ञिप्ती जारी गरेर महाशंघ पाँचथर शाखाले सदस्यता सिफारिस गरेको ६ महिना पछाडी उजुरीका रुपमा फाइल खडा गरी शाखालाई बिबादित देखाउन संगठन समितिमा पठाइएकोमा संघठन समितिले समेत ती फाइल स्विकृत गर्ने तथा वर्षौसम्म शाखाको सम्पर्कमा नरहेकाहरुको केन्द्रवाटै जवरजस्त नविकरण गर्ने प्रयाय गर्दा केन्द्रीय कार्यालयमा तालावन्दी र आमरण अनसन वस्नु पर्ने सम्मको परिणाम निम्तेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको हो ।
पेशागत हकहित र व्यवसायिकताका मुद्वामा लड्नु पर्ने महासंघको केन्द्रीय नेतृत्व आस्थाका आधारमा गैर पत्रकारलाई सदस्यता दिने ध्याउन्नमा लागेकाले त्यस बिरुद्व पत्रकार महासंघ पाँचथरका अध्यक्ष लवदेव ढुंगाना र इलाम शाखाका सदस्य प्रेम अधिकारीले केन्द्रीय कार्यालयमा शुरुवात गरेको आमरण अनसनप्रति ऐक्यवद्वता जनाउदै अनसनकारीको माग प्रति संवेदनसिल वन्न समेत विज्ञिप्त मार्फत माग गरिएको यूनियनका पाँचथर जिल्ला उपाध्यक्ष जितेन्द्र भण्डारीले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना