फागुन १३, सप्तरी । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा सप्तरी जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । 

ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, सप्तरी । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा सप्तरी जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । 

ज"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीका शिव मन्दिरमा भक्तजनको भीड

१३ फाल्गुन २०७३, शुक्रबार ०४:४२

फागुन १३, सप्तरी । हिन्दूको महान् पर्व शिवरात्रिका अवसरमा सप्तरी जिल्लाका शिवालयमा आज बिहानैदेखि पूजापाठका लागि हिन्दू धर्मावलम्वीको भीड लागेको छ । 

जिल्लाको शम्भुनाथ नगरपालिकामा रहेको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको शम्भुनाथ महादेव मन्दिरमा पूजाअर्चनाका लागि भीड लागेको छ । आज बिहान ४ बजेदेखि फूलमाला, बेलपत्र, धतुर, मिस्टान्न तथा फलफूलसहित रङ्गीचङ्गी लुगा लगाई महिला, पुरुष, बालबालिका, वृद्धवृद्धा शम्भुनाथको शिव मन्दिरमा चढाउनका लागि लामबद्ध भएका थिए । 

विभिन्न ध्वजा तथा बलवतीले सिङ्गारिएको सो मन्दिरमा पूजापाठका लागि सप्तरी, सिरहा तथा भारतको विहार राज्यका सुपौल र मधुवनी जिल्लालगायत सहरी तथा ग्रामीण क्षेत्रका धर्मावलम्बी आज बिहानै लाम लागेर पूजाआजा गरिरहेका छन् । 

त्यस्तै, सप्तरीको राजविराज नगरपालिका–१ मा रहेको शिव मन्दिर, महदेवा गाविसस्थित शिव मन्दिर र २ नं योगिनियाँ–९ मा रहेको महादेव मन्दिर तथा कञ्चनरुप नगरपालिकाको बलुवामा रहेको शिव मन्दिर लगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लागेको छ । आजको दिन शुद्ध भई शिवको पूजापाठ तथा व्रत बस्नाले सुख, समृद्धि तथा दीर्घायु हुने जनविश्वास रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर