पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/c1908b06a345168be28a9c06ffaee8241488642473.jpg" style="float: left;"><b>फागुन २१, गुल्मी ।</b> गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ । <br></p><p>सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।</p><p>प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ । रासस </p>

