2026-09-02 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा डोजरले पल्टाएको ढुङ्गाले लागेर महिलाको मृत्यु

फागुन २१, गुल्मी । सडक खन्ने क्रममा डोजरले पल्टाएको ढुङ्गाले लागेर गुल्मीको दिगाममा एक महिलाको ज्यान गएको छ । यसरी ज्यान जानेमा अर्घाखाँची चिदिका गाविस–३ निवासी २० वर्षीया सीता नेपाली रहेकी छन् । 

शनिबार बिहान दिगाम गाविसअन्तर्गत अँगाहामा औषधोपचार गर्न मोटरसाइकलको पछाडि बसेर जाने क्रममा सडक खन्दै गरेको बा १ क १२०० नम्बरको बुल्डोजरले खसालेको ढुङ्गाले लागेर नेपालीको ज्यान गएको हो । 

माथिबाट अचानक खसेको ढुङ्गाले लागेर घाइते बनेकी नेपालीको उपचारका क्रममा शनिबार अपराह्न पाल्पास्थित लुम्बिनी मेडिकल कलेज, प्रवासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताउनुभएको छ । 

ढुङ्गाले लागेर मोटरसाइकलसमेत पल्टिएको भएपनि मोटरसाइकल चालक भने सामान्य रहेको बताइएको छ । मृतक नेपालीका डेढ वर्षकी एक छोरी र दुई छोरा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली