फागुन २६, वीरगन्ज । प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, वीरगन्ज । प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । 
"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

एन्टी रेबिज भ्याक्सिन अभाव

२६ फाल्गुन २०७३, बिहीबार ०७:३५

फागुन २६, वीरगन्ज । प्रदेश नं २ अन्तर्गत पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टी रेबिज भ्याक्सिन अभाव भएपछि बहुला कुकुरले टोकेका बिरामी समस्यामा परेका छन् । 

यहाँका स्वास्थ्य संस्थालाई सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अभाव भएकाले निजी क्लिनिकमा चर्काे मूल्य तिरेर भ्याक्सिन लगाउन बाध्य भएको बिरामीको गुनासो छ । 

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, पोखरिया अस्पताल तथा ठोरीस्थित इलाका हेल्थपोस्टमा रेबिज रोगविरुद्धको भ्याक्सिन निःशुल्क उपलब्ध गराउँदै आए पनि विगत दुई महिनादेखि सो भ्याक्सिन अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

हेटौँडास्थित क्षेत्रीय मेडिकल स्टोर्समा सो भ्याक्सिन सकिएकाले यस्तो अवस्थाको सिर्जना भएको हो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रतिमहिना ८०० भाइल, पोखरिया अस्पतालमा प्रतिमहिना ५०० भाइल तथा इलाका हेल्थपोस्ट, ठोरीमा प्रतिमहिना २०० जति भाइल खपत हुँदै आएकामा विगत दुई महिनादेखि सो भाइल अभाव भएपछि बिरामी निःशुल्क औषधि पाउनबाट वञ्चित हुँदै आएकाले यथाशीघ्र भ्याक्सिनको व्यवस्था गर्न पीडित बिरामीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट