Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सहाराविहीन नाबालकलाई लाइन्स क्लबको आर्थिक सहयोग

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २, पाँचथर । लाइन्स क्लब पाँचथरले तेह्रथुम सक्रान्तिको सहाराविहीन एक नाबालकलाई आर्थिक सहयोग गरेको छ ।

सदरमुकाम फिदिममा मङ्गलबार आयोजित एक कार्यक्रमबीच ४ महिनाको उक्त बालकलाई रु ९० हजार एक सय ३१ रकम हस्तान्तरण गरिएको हो । फिदिम–१ का समाजसेवी बद्री रिजालले बालकका आफन्त फिदिम–१ का पवित्रा लोहारलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

सक्रान्तिका खगेन्द्र लोहार र मीना लोहारका ४ महिना बालकको अहिले उनीहरुका आफन्त पवित्राले हेरचाह गर्दै आएकी छिन् ।

सुन्निने रोगबाट नाबालककी आमाको मृत्यु भइसकेको छ भने पवित्रालाई बालकको जिम्मा लगाएर बुबा अहिले बेपत्ता छन् । नाबालकको पालनपोषण र पढाइ खर्चका लागि भनेर उक्त रकम स्वदेश तथा विदेशमा रहने नेपालीबाट सङ्कलन गरिएको क्लबका अध्यक्ष मित्रप्रसाद काफ्लेले बताउनुभयो ।

सङ्कलित रकम फिदिममा अवस्थित हातेमालो कृषि सहकारी संस्थामा राख्ने र उक्त रकमको ब्याज तथा अन्य रकम दाताबाट जुटाएर प्रतिमहिना रु तीन हजार बालकको संरक्षक पवित्रालाई दिइने भएको छ । रासस