सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बि"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान महोत्सवमा ज्योतीको धमाका

३ चैत्र २०७३, बिहीबार १५:५५


सागर शर्मा/चैत्र ३, प्यूठान । मध्यान्हपछि हंसिलो र कसिला जिउमा जब ज्योती मगर स्टेजमा पुगिन तब दर्शकहरु झुम्मिन थाले । नौं दिनदेखि जारी प्यूठान महोत्सवमा बिहीवार ज्योती मगरले धमाका मच्चाएकी छिन् । उनको  पहिरनले चर्चामा आइरहने ज्योती र उनको प्रस्तुती हेर्नका लागि युवा पंक्ति मात्र होइन बृद्धहरु पनि झुम्मेका थिए ।

केहिँबरेमा संचालकले उनलाई प्रस्तुतीका लागि माइक दिदै के थिए युवाहरुको हुटिङ सुरु भयो । उनी पनि के कम आइ लभ यू भन्न पनि छुटाइनन् । त्यसपछि उनको प्रस्तुतीले सबै जनाले मनोरन्जन लिए । आफू पनि नाचिन र दर्शकहरुलाई पनि नचाइन् । 

मेलामा ज्योतीको उही मुलाको सिंकी, उही मुलाको चाना भन्ने गितमा सबैभन्दा धमाकेदार प्रस्तुती रह्यो । उनको कला, नृत्य र पहिरन हेर्नका लागि दर्शकहरुको घुइचो नै थियो । मेलामा करिब उनले २ घण्टा सम्म प्रस्तुती दिएकी थिइन् । मेलाको बिच बिचमा ज्योतीले आफुलाई ल्याइने चर्चाको बारेमा भन्न समेत भ्याइन् ।

आफू चर्चामा आउन छोटो कपडा लगाएको नभई आफूलाई अरुले चर्चामा ल्याएको बताइन् । केहिँले यस्तो अवस्थाको नराम्रो भनेर प्रतिक्रिया रहेपनि युवा पुस्ताको माग अनुसार आफू आफ्नो प्रस्तुती रहने उनको भनाई थियो । 

समाले आफ्नो प्रस्तुतीलाई नराम्रो रुपमा नहेरेपनि हेर्न बाध्य पार्ने अर्को समाज रहेको उनको टिप्पणी थियो । 

मेलामा ज्योती सहित रोसनसिंह ठकुरी, अञ्जली अधिकारी लगायत अन्य स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तूती देखाएका थिए । जारी महोत्सवमा शुक्रवार भुवन केसि लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्थानीय स्वाभिमान एकिकृत ग्रामिण सस्थाको आयोजना तथा बिभिन्न निकायको आर्थिक सहयोगमा मेला संचालन भइरहेको छ । दश दिनसम्म संचालन गर्न लागिएको महोत्सव दर्शकहरुको घुइचोका कारण थप दिनका लागि थपिएको आयोजक समितिका अध्यक्ष ओमहरी भट्टराइले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु