२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

तेह्र जनाबाट २६ लाखभन्दा बढीको जग्गादान

१० चैत्र २०७३, बिहीबार ०७:१८

चैत १०, सोलुखुम्बु । बितेको आठ महिनामा सोलुखुम्बुका १३ जनाले विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई जग्गादान गरेका छन् । 

आव २०७३/०७४ को साउन महिनादेखि फागुन मसान्तसम्ममा १३ जना दाताले करिब रु २६ लाख मूल्य बराबरको जग्गा रजिष्ट्रेसन पास गरी विभिन्न सङ्घसंस्था तथा सरकारी कार्यालयलाई उपलब्ध गराएका जिल्ला मालपोत कार्यालय, सोलुखुम्बुले जनाएको छ । 

जिल्ला मालपोत कार्यालय सोलुखुम्बुको तथ्याङ्कअनुसार दूधकुण्ड नगरपालिकाका फुर्वा शेर्पाले सहरी स्वास्थ्य केन्द्रका लागि १५४ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

त्यस्तै, बासाखाली माविका लागि दिपचन खालिङले एक हजार २१० वर्गमिटर, जिल्ला खेलकुद विकास समितिका लागि पञ्चनका भोटीमाया राईले पाँच हजार ११५ वर्गमिटर, जिल्ला वन कार्यालयका लागि दोभान हाइड्रोपावरले दुईहजार ३५ वर्गमिटर, काँकु प्रहरी चौकीका लागि चन्द्रबहादुर राईले एक हजार १५० वर्गमिटर र जनता आधारभूत विद्यालय नेलेका लागि टीकबहादुर बस्नेतले १३३ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । 

त्यस्तै, छेस्काम माविका लागि जाङमु शेर्पाले एक हजार ३५० वर्गमिटर, मदनआश्रित आधारभूत विद्यालय पावैका लागि कृष्णबहादुर राईले ८०० वर्गमिटर, भुमेश्वर आधारभूत विद्यालय सल्यान–८ का लागि भीमबहादुर मगरले ११३ वर्गमिटर, हिमालय मावि जुवुका लागि प्रेमबहादुर बस्नेतले ३७५ वर्गमिटर, पद्यमकन्या निमावि बासाका लागि गोपाल कार्कीले १०० वर्गमिटर र घरेलु तथा साना उद्योग विकास समितिका लागि नेचामा बेदनाथ बास्तोलाले ६४ वर्गमिटर जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । 

यो जग्गाको मूल्य जिल्ला दररेट अनुसार करिब रु २६ लाख पर्न गए पनि स्थानीयस्तरको चलनचल्ती मूल्य अनुसार झन्डै त्यसको तेब्बर मूल्य पर्ने जिल्ला मालपोत कार्यालय सोलुखुम्बुका प्रमुख टङ्क फुयाँलले बताउनुभयो । 

विद्यालयलाई जग्गा दानगर्दा धर्म हुने भएकाले आफूले जग्गादान गरेको दाता कृष्णबहादुर राईले बताउनुभयो । सोलुखुम्बुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई निःशुल्क जग्गा उपलब्ध गराउने दर निकै उच्च रहेको पाइन्छ । 

अघिल्ला वर्षमा सदरमुकाममा बसपार्क तथा विभिन्न सरकारी भवन बनाउनका लागि करोडौँ मूल्यका जग्गा स्थानीयले निःशुल्क उपलब्ध गराएका थिए । सदरमुकाम तथा स्थानीय तहका केन्द्रमा जुन ठाउँमा कार्यालयको भवन बन्छ त्यसको आसपासमा बजार विस्तार भई घडेरीको मूल्य वृद्धि हुने गरेको पाइन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य