2026-09-11 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

ठिनीमा बन्यो थकाली सङ्ग्रहालय

चैत १०, मुस्ताङ । थकाली समुदायको उद्गमबिन्दु मानिने मुस्ताङको ठिनी गाउँमा थकाली सङ्ग्रहालय निर्माण भएको छ । 

जिल्ला समन्वय समिति मुस्ताङको रु डेढ लाख सहयोग र थकाली समुदायको पहलमा ठिनी गाउँ नजिकै कोतघरमा सङ्ग्रहालय बनाइएको हो । 

सङ्ग्रहालयमा थकाली समुदायको परम्परागत कला संस्कृति र परम्परा झल्कने वेषभूषा, ऐतिहासिक दस्तावेज, देवीदेवताका तस्बिर, अग्रजले प्रयोग गरेका विभिन्न किसिमका हातहतियार समेत राखिएको छ । 

देशभर छरिएर रहेका थकाली समुदायको सभ्यताको विकास भएको ठाउँमा सङ्ग्रहालय स्थापना गरेर त्यसलाई थप विकसित बनाउँदै लैजाने सङ्ग्रहालयका अध्यक्ष रत्नबहादुर थकालीले जानकारी दिनुभयो । उहाँका अनुसार, सङ्ग्रहालयलाई पर्यटकीय दृष्टिकोणबाट समेत विकास गर्ने योजना बनाइएको छ । 

“पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई यहाँसम्म ल्याएर सङ्ग्रहालय भ्रमण गराउने योजना छ”, उहाँले भन्नुभयो, “त्यसो भयो भने हाम्रो पौराणिक कुराको अन्तर्राष्ट्रियस्तरमा समेत प्रचारप्रसार हुन्छ ।” 

सङ्ग्रहालय बुधबार उद्घाटन गर्दै सांसद श्रीमाया थकालीले सङ्ग्रहालय नयाँ पिँढीका लागि महत्वपूर्ण आकर्षण हुने बताउनुभयो । 

“हाम्रो कला संस्कृति हराउँदै गएको बेला यसले नयाँ पुस्तालाई जान्ने अवसर प्रदान गरेको छ । यसलाई अझै विस्तृतरुपमा विकास गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सांसद विकास कोषबाट धेरथोर सहयोग गर्न म तयार छु ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस