काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

"/>
2026-10-10 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांगीतिक क्षेत्रमा फड्काे मारेकाे कारण गायक प्रकाश कटुवाल आफै दंग (भिडियाेसहित)


काठमाण्डाै । नेपाली लोकदोहाेरी गीत संगीतकाे क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रकाश कटुवाल पछिल्लो समय निकै चर्चित बन्दै गईरहेका छन् ।

रामेछाप जिल्लाको कुम्बुकास्थलीदेखि भविष्य खोज्दै काठमाण्डाै अाएका गायक कटुवालले सांगीतिक क्षेत्रमा मारेको फड्को कारण आफै दंग छन् । अाम नेपाली दर्शक र श्राेताकाे चाहना अनुसार फरक फरक प्रकृतिका गीत गाउन थालेपछि कटुवालले लोकदोहोरीमा अाफ्नाे हाइट ह्वात्तै बढाएका छन् ।

प्रकाश भन्छन् -“मेराे अहिलेसम्मकाे उपलब्धि, सम्पत्ति, गहना जे भनेपनि यीनै दर्शक र श्राेता हुन् । उनीहरूले नै मलाई अहिलेकाे अवस्थामा ल्याइपुर्याएका हुन्।” साझासबालसँग उनले थपे- “अहिलेकाे हाइट निरन्तर रुपमा कायम राख्नका स्तरीय र दर्शक श्रोताका माग बमोजिमका गीत गाउने प्रयास जारी छ ।

मेराे मेहनतलाई दर्शक श्राेताले रूचाएकाेले नै अायाेजकले मञ्चमा उपस्थित भएर प्रस्तुति दिनकाे लागि माग बढेकाे छ।” रामेछाप जिल्लामा मात्र नभई देशका विभिन्न भुभाग र विदेशमा अायाेजना गरिने महाेत्सव,साँस्कृतिक कार्यक्रम, कन्सट देखि लिएर दोहाेरी साझँसम्मका स्टेजमा पुग्न उनकाे भ्याई नभ्याई छ । अहिले उनी पुराना र स्थापित लोकदोहोरी गायक सरह आफुलाई स्थापित गर्न सफल बनेका छन् ।
पछिल्लो समय सुन्दर रामेछाप बाेलकाे गीतले गायक कटुवाल जिल्लामा सबैकाे मनमस्तिष्कमा बस्न सफल भएका छन् । जिल्लाकाे सबै भुभाग साे गीतमा समेट्न नसकेकाले अर्काे भाग- २ गीत पनि बजारमा ल्याइसकेकाे कटुवालले जानकारी दिए ।


यस्तै शनिबार राजधानीकाे चाेभारमा नेकपा एमाले रामेछाप -काठमाडौं सम्पर्क मञ्चकाे निमन्त्रणामा स्टेजमा देखा परेका गायक प्रकाश कटुवालकाे प्रस्तुतीले दर्शकहरुलाई थाम्न निकै हम्मे हम्मे पर्यो । उनी स्टेजमा नपुग्दै दर्शकहरुको हुटिङ्ग र तालीले बनभाेज कार्यक्रमस्थलको माहोल नै परिवर्तन भयो ।

दर्शक दीर्घातिरको माहोल झनै तातिएपछि उनलाई मञ्चबाट झारेर बाेक्दै हुटिङ लगाउनेकाे कमी थिएन ।
रामेछापका अामाबुबा दाजुभाइसँग भेटेर रमाउन पाएपछि गायक कटुवालले भने ‘अाज राजधानीकाे चाेभारमा हाेइन रामेछापकै मातृभुमीमा पुगेकाे अनुभूति भएकाे छ ।’ प्रस्तुति: प्रज्वल पाैडेल । 


चाेभारमा प्रकाश कटुवालले गाएकाे ‘सुन्दर रामेछाप’ बाेलकाे गीतमा दर्शककाे भिड भिडियोमा हेर्नुहाेस ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने