११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा स्कुटर कल्भर्टमा खस्दा युवकको मृत्यु

२० आश्विन २०८१, आईतवार १३:०७

कञ्चनपुर | कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटी खसेको हो।
दुर्घटनामा परेर मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय भुवन भट्ट छन्।

भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्टमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घाइते भुवनलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याउँदा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटर चालक खेमराज घाइते छन्। उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ट गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यहाँ कल्भर्ट अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ।
स्कुटी राजमार्गबाट सीधै कल्भर्टमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो