२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा स्कुटर कल्भर्टमा खस्दा युवकको मृत्यु

२०८१, २० आश्विन आईतवार १३:०७

कञ्चनपुर | कञ्चनपुरको वेदकोट नगरपालिका-७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्टमा अनियन्त्रित भएर स्कुटी खसेको हो।
दुर्घटनामा परेर मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय भुवन भट्ट छन्।

भीमदत्त नगरपालिका-१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्टमा खसेको थियो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घाइते भुवनलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याउँदा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

स्कुटर चालक खेमराज घाइते छन्। उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ट गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो। त्यहाँ कल्भर्ट अझै बनेको छैन। नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ।
स्कुटी राजमार्गबाट सीधै कल्भर्टमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने