२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वस्तिमाको फिल्म ‘बेहुली फ्रम मेघौली’को उत्साहजनक व्यापार, ३ दिनमा कति कमायो?

२०८१, २० आश्विन आईतवार १४:२६

काठमाडौँ | स्वस्तिमा खड्काको फिल्म ‘बेहुली फ्रम मेघौली’ले उत्साहजनक व्यापार गरेको छ। घटस्थापनको अवसरमा रिलिज भएको यस फिल्मले तीन दिनमा २ करोड २५ लाख कमाइ गरेको जनाएको छ।

बिहीबारदेखि प्रदर्शनरत फिल्मले पहिलो दिन ८० लाखको ओपनिङ गरेको थियो। त्यसपछि शुक्रबार र शनिबारको व्यापार वृद्धि भएको देखिन्छ। वितरक कम्पनीका अनुसार शनिबार १ करोडभन्दा बढी कलेक्सन गरेको छ।

तीन दिनमा फिल्मले नेपालभरिबाट २ करोड २५ लाख हाराहारीमा कमाएको वितरक अशोक शर्माले जानकारी दिए। उनका अनुसार काठमाडौंसहित मोफसलमा पनि दर्शकहरुको राम्रो अकुपेन्ची छ।

यस फिल्ममा स्वस्तिमा र निश्चलसहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, टीका पहारीलगायतले अभिनय गरेका छन्।

नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ। ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्‌को ब्यानरमा निर्माण भएको सिनेमा सजन काफ्ले र आकाश बरालले लेखन तथा निर्देशन गरेका हुन्।
यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने