२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मिसेस नेपाल वल्र्डका प्रतियोगीले गरे ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो प्रतिभा प्रदर्शन

२१ आश्विन २०८१, सोमबार १६:२५

काठमाडौं । विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शन गरेका छन् ।

राजधानीको धुम्बाराहीमा अवस्थित भ्वाईस अफ नेपालको स्टुडियोको सेटमा सम्पन्न ट्यालेन्ट शोमा मिसेस नेपाल वल्र्ड २०२४ मा सहभागी २९ विवाहित सुन्दरीले नृत्य, गायन, भाषण कला, चित्रकला, योगा, अभिनय, ड्रेस डिजाइनिङलगायतका आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले ट्यालेन्ट शोमा प्रतियोगीहरुले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने बताए ।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी आगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जानकारी झाले गराए ।

रिवन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वल्र्ड २०२४ को ट्यालेन्ट शोमा रंगकर्मी तथा अभिनेता विरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, पत्रकार तथा गीतकार डब्बु क्षत्री, नृत्य निर्देशक जोगेन्द्र केसी, गायक झुमा लिम्बु, अभिनेत्री सिर्जना अधिकारी र संगीतकार दीपक शर्मा निर्णायक रहेका थिए ।

कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशिला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सिर्जना व्यञ्जन्कार, अम्बिका गौतम, सुयशा राउत, सहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, अलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सृजना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिमरन कार्की, सारा तामाङ्ग, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टी अर्याल र दीपा बिश्वकर्मा सहभागी छन् ।
यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २–२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन् ।

यस वर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने छिन् ।

सोही मञ्चमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेता समेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताको लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् । प्रतियोगिता आइना गजुरेलको सह कोरियोग्राफी, रानी खरेल र सम्राट शाहको संयोजनमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने