११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या

५ कार्तिक २०८१, सोमबार १३:०५

सिरहा | सिरहाको गोलबजार नगरपालिका–१३ का २१ वर्षीय कृष्णकुमार महराको हत्या उनका आफ्नै साथीहरूले गरेको घटना सार्वजनिक भएको छ। असोज २८ गते साँझ सुखीपुर नगरपालिका–१० स्थित गागन खोलाको किनारमा बालुवाले छोपिएको अवस्थामा महराको शव फेला परेको थियो।

प्रहरी अनुसन्धानले दुर्गा मेला हेर्न गएका लागूऔषध सेवनकर्ता साथीहरूले योजना बनाएर हत्या गरेको पुष्टि गरेको छ।

हत्या आरोपमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहित कुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरज कुमार राम र २० वर्षीय मोहमद जमसेदलाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

यसरी भयो हत्या
असोज २७ गते राति कृष्ण र रोहित दुर्गा पूजाको मेला हेर्न सुखीपुर नगरपालिका–१०, शिवचौक पुगेका थिए। मेलामा भेटिएका साथीहरूले मादक पदार्थ र लागुऔषध (गाँजा र नाईट्राभेट ट्याबलेट) सेवन गरेका थिए।

त्यही क्रममा कृष्णले आफूले चिनेकी एक केटीसँग भेट्ने योजना सुनाए। साथीहरूले समेत ती महिलासँग भेट्ने इच्छा व्यक्त गरेपछि कृष्णले अस्वीकार गरे।

यो विवादकै बीच आवेगमा आएर पाँचै जनाले कृष्णको हत्या गर्ने योजना बनाए। चारैतिरबाट घेरा हालेर धारिलो कैंचीले कृष्णको घाँटी र पेटमा प्रहार गरी उनको निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ।

हत्या लुकाउन उनीहरूले गागन खोलाको पश्चिम किनारमा खाल्डो खनेर कृष्णको शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भएका थिए।

असोज २८ गते शव फेला परेको सूचनापछि प्रहरीले अनुसन्धान सुरु गर्दा घटना आफ्नै साथीहरूको संलग्नतामा भएको पत्ता लागेको हो। पाँचैजनालाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको डीएसपी पासवानले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह