१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’ रिलिजअगावै ‘पुष्पा ३’ निर्माण घोषणा!

९ कार्तिक २०८१, शुक्रबार १७:२२

काठमाडौं | दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २: द रूल’ डिसेम्बर ५ मा प्रदर्शनको तयारीमा रहेको छ। यसैबीच, फिल्मका निर्माता रवि शंकरले ‘पुष्पा ३’ निर्माण हुने जानकारी दिएका छन्। उनले ‘पुष्पा ३’ को निर्माण ‘पुष्पा २’ को सफलता र दर्शकको प्रतिक्रिया अनुसार हुने बताएका छन्।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिम प्रचार-प्रसारमा सक्रिय छ। हैदराबादमा बिहीबार आयोजित एक प्रेस मिटमा रवि शंकरले आगामी फिल्म ‘पुष्पा ३’ को योजना खुलासा गरे। यसअघि, अभिनेता अल्लू अर्जुनले पनि बर्लिन फिल्म फेस्टिभलमा ‘पुष्पा ३’ बन्ने सङ्केत गरेका थिए र निर्माण टिमसँग उत्कृष्ट कथा रहेको बताएका थिए।

सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा २’ मा अल्लू अर्जुनसँगै रश्मिका मन्दना, फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको दमदार अभिनय समेटिएको छ। यो फिल्मलाई नवीन येर्नेनी र रविशंकर यलमाञ्चिलीले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार