दाङ | सशस्त्र प्रहरी बलका जवान हिरासतको शौचालयमा मृत भेटिएका छन् । बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र जवान रेवन पचभैया मगर मृत भेटिएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।
मगर जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा थिए । प्रहरी उपरीक्षक केसीले आफैंले लगाएको कपडाको पासा लगाएर भेन्टिलेसनमा झुण्डिएको अवस्थामा जवान मगर मृत भेटिएका जानकारी दिए ।
दाङको २९ नं. ज्वालामाई गण भालुवाङमा कार्यरत जवान पचभैया र सहायक हवल्दार भरत रोका मगर बलात्कार आरोपमा पक्राउ परेका थिए ।
गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।