६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

१६ कार्तिक २०८१, शुक्रबार १५:३९

सिरहा | सिरहाको मिर्चैया नगरपालिका-७ बाख्रा बजारस्थित मिर्चैया-कटारी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्।

उदयपुरको कटारीबाट मिर्चैया जाँदै गरेको ना.३.ख ७०३४ नम्बरको मिनी बसले पैदलयात्री सुभान शेखकी पाँच वर्षीय छोरी नाचपरि खातुनलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भएर बाटोको दाहिनेपट्टि पल्टिएको थियो। यस दुर्घटनामा बसमा सवार १३ जना यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरूको उपचार मिर्चैया स्थित मनकामना अस्पतालमा भइरहेको छ। पैदलयात्री नाचपरि खातुनको टाउकोमा गम्भीर चोट लागेकोले उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगरको न्युरो अस्पताल रेफर गरिएको छ। बसका चालक लक्ष्मी साह, जो सिरहा मिर्चैया नगरपालिका-६ निवासी हुन्, उनि दुर्घटनापछि फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासवानका अनुसार, बसको ब्रेक नलागेकाले दुर्घटना भएको आशंका गरिएको छ भने थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक : प्रचण्ड बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? मौसम: पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना