2026-10-10 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

काठमाडौँ | भारतीय अभिनेता प्रदीप सिंह रावत फिल्म ‘ह्रस्व दीर्घ’ को प्रवर्द्धनका लागि पत्नी कल्याणी रावतसहित नेपाल आएका छन्। अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गरेका रावत आइतबार काठमाडौं पुगेका हुन्। फिल्मको छायांकनका लागि यसअघि पनि नेपाल आइसकेका रावतले दर्शकसँग साक्षात्कार गर्न नेपाली भूमिमा पाइला टेकेका हुन्।

निर्देशक चन्द्र पन्तका अनुसार, रावतले आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। फिल्ममा उनको दमदार अभिनयले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

‘ह्रस्व दीर्घ’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै दुई करोड रुपैयाँ कमाएको निर्माण टिमको दाबी छ। देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको यो फिल्म अधिकांश स्थानमा हाउसफुल भइरहेको छ।

नीता फिल्मस्को ब्यानरमा निर्मित यो फिल्मकी निर्मात्री निता ढुंगानाले नै लगानी गरेकी हुन्।
फिल्ममा हरिहर अधिकारी, निता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा र संवाद प्रतीक पौडेल र निर्देशक चन्द्र पन्तले तयार पारेका हुन्। बलिउडका चर्चित सिनेमाटोग्राफर कवीर लालले सिनेमाटोग्राफी गरेका छन्।

नेपालका साथै तेलुगु र हिन्दी भाषामा पनि डब गरिएको यो फिल्मले अन्तर्राष्ट्रिय दर्शकमाझ पनि चर्चा पाउने अपेक्षा गरिएको छ।

‘ह्रस्व दीर्घ’ ले दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ। यो फिल्मले नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने