१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’ ले कति कमायो ?

३ मंसिर २०८१, सोमबार १५:५१

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नीता ढुंगानाको बहुप्रतीक्षित फिल्म ‘ह्रस्व दीर्घ’ ले शुरुआती दिनमै हलमा उत्कृष्ट व्यापार गर्दै दर्शकको मन जितिरहेको छ। फिल्मले पहिलो दुई दिनमै २ करोड रुपैंयाँको व्यापार गरेको निर्देशक चन्द्र पन्तले जानकारी दिएका छन्।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले शुक्रबार ओपनिङ दिन ८० लाख कलेक्सन गरेको थियो भने शनिबार १ करोड २० लाखको ग्रस कलेक्सन गर्दै दुई दिनमा कुल २ करोड व्यापार गर्न सफल भएको छ।

“हिजो आइतबार पनि दर्शकको राम्रो साथ पायौं। आज सार्वजनिक बिदाको दिन हाउसफुल शोहरू देखिएको छ,” निर्देशक पन्तले बताए।

तेस्रो सातामा पनि आक्रामक व्यापार गरिरहेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को दबदबाबीच ह्रस्व दीर्घले डेढ सय शो पाएको थियो। शो सीमित भए पनि अकुपेन्सी १०० प्रतिशत रहनुले फिल्मप्रतिको दर्शकको उत्साह झल्काएको छ।

नीता ढुंगानाको लगानीमा बनेको यस फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन्। फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्मका लागि बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले छायांकन गरेका छन्। निर्देशक चन्द्र पन्तले यसअघि ५ दर्जनभन्दा बढी नेपाली फिल्ममा द्वन्द्व निर्देशन गरे पनि यो उनको निर्देशनमा बनेको पहिलो नेपाली फिल्म हो।

फिल्मका अभिनेता प्रदीप रावत आइतबार साँझ श्रीमतीसहित नेपाल आएका छन्। उनी कमालपोखरीस्थित बिग मुभिज र लमिम मलस्थित क्यूएफएक्समा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रमका लागि उपस्थित हुनेछन्। ६ करोड लागतमा निर्माण भएको यो फिल्म नेपालीसँगै तेलुगु र हिन्दी भाषामा पनि प्रदर्शन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार