2026-09-11 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी

राजविराज | राजविराज कारागारमा कैदी जीवन बिताइरहेकी एक महिला कैदीलाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले कार्यालय सहयोगी चन्द्रनारायण यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

३० वर्षीय यादव राजविराज कारागारमा कार्यालय सहयोगीका रूपमा विगत १७ वर्षदेखि करार सेवामा कार्यरत थिए। पक्राउ पुर्जी जारी भएसँगै उनको करार सम्झौता रद्द गरिएको जेलर प्रविण कुमार अधिकारीले जानकारी दिए।

महिला कैदीको उजुरी
पीडित भनिएकी महिलाले यादवले २०७९ माघ ५ गते दिउँसो ४ बजे “जरुरी काम छ” भन्दै कारागारको प्रशासनिक कक्ष नजिकै रहेको बिजुली घरमा लगेर डर, त्रास र धम्की दिँदै बलात्कार गरेको जाहेरी दिएकी छिन्।

उनले ८ महिना अघि जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएकी थिइन्। उजुरी सप्तरी जिल्ला प्रहरी कार्यालयमा आइपुगेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।

महिला कैदी २०७६ साउन १६ देखि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आत्महत्या दुरुत्साहनको आरोपमा जेल सजाय भुक्तान गरिरहेकी छिन्।

आरोपित चन्द्रनारायण यादवले ती महिलाले लगाएको आरोप झुटो रहेको दाबी गरेका छन्। पक्राउ पुर्जी जारी भएकाले आफू एक-दुई दिनभित्र अदालतमा उपस्थित भई आफ्नो पक्ष राख्ने उनले बताएका छन्।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको खोजी कार्य सुरु गरिएको छ।

यो घटनाले कारागारभित्र महिला कैदीहरूको सुरक्षासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ। कारागार प्रशासनले महिला कैदीहरूको सुरक्षाका लागि कडा कदम उठाउनुपर्ने माग सामाजिक र मानव अधिकारकर्मीहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस