2026-09-12 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम | धनुषाधाम नगरपालिकामा स्कुल बसको ठक्करबाट ३ वर्षीय बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाधाम नगरपालिका-३ निवासी सरोज शर्माकी छोरी मान्सी शर्मा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिएका छन्।

आज बिहान धनुषाधाम नगरपालिका-३ मा सञ्चालित बाल आवासीय माध्यमिक विद्यालयको ना १ ख ९६९६ नम्बरको बसले बालिकालाई ठक्कर दिएको थियो। बस धनुषाधामको सर्साबाट विद्यार्थी लिन आउँदै गर्दा बाटोमा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

प्रहरीले बस चालक ४२ वर्षीय उमेश कुमार साहलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस