१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित

८ मंसिर २०८१, शनिबार ११:५८

काठमाडौं । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः निर्बिरोध निर्वाचित भएका छन् । नेपाल फिल्म सोसाइटीको १२ औं साधारण सभाबाट बिशिष्ठ अभिनेता मल्ल अध्यक्ष पदमा चयन भएका हुन् ।

काभ्रेपलान्चोकको थुम्की रिसोर्टमा भएको साधारण सभा धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बिशिष्ठ अतिथिहरुमा बरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, बरिष्ठ लोक गायक प्रेमराजा महत, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, लक्ष्मण न्यौपाने र अभिनेत्री करिश्मा मानन्धर रहेका थिए ।

अध्यक्षमा निवार्चित भएपछि अध्यक्ष मल्लले नेपाली कलाकारिताको विकासमा आफू कटिबद्ध भइ लागिपर्ने र नेपाली चलचित्रलाइ अन्तराष्ट्रिय स्तरमा पुर्याउन अहोरात्र खट्ने बताए ।

सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ, सह कोषाध्यक्षमा दुर्गा बिशुराल र सोसाइटीको सदस्यहरुमा क्रमशः सुनिल कटुवाल, मदुकुमार श्रेष्ठ, गोपालकाजी कायस्थ, शिवहरि बैरागी, शर्मिला मल्ल, आरपी पन्त र सुभाष खड्का सर्वसम्मत चयन भएका छन् । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार