१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ?

९ मंसिर २०८१, आईतवार १६:२४

काठमाडौँ | पछिल्लो समय एकपछि अर्को गर्दै नेपाली फिल्मले राम्रो व्यापार गरिरहेका छन्।तर, गत शुक्रवार देखि प्रदर्शनीमा आएको फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ को पहिलो दिन राम्रो व्यापार भएको थिएन । शनिवार ‘तेल भिसा’ को व्यापारमा भने सुधार देखियो। काठमाडौँ सहित मुख्य सहरमा फिल्मले दर्शकको साथ पायो। कतिपय शो हाउसफुल समेत भए।

शुक्रवार र शनिवार फिल्मका मुख्य अभिनेता विपिन कार्की, अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार समेत गरेका थिए। त्यस क्रममा दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिए। दर्शक प्रतिक्रियाले ऊर्जा थप्नुका साथै उत्साहित बनाएको निर्माण टिमको प्रतिक्रिया थियो। वर्ड अफ माउथु सकारात्मक रहेकाले व्यापारले विस्तारै गति समात्ने निर्माण टिमको विश्वास छ।

‘तेल भिसा’ सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’ को व्यापार भने निराशाजनक देखिएको छ। ‘तेल भिसा’ लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। यसमा नेपालमा रहेका अभिभावक र अमेरिकामा रहेका सन्तानबिचको कथा देखाइएको छ। फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिनले वृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्।

त्यस्तै, ‘अग्निदहन’ घनश्याम लामिछाने निर्देशित फिल्म हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत कलाकारहरूको अभिनय छ।

यसअघि तिहारमा रिलिज भएको फिल्म पूर्णबहादुरको सारंगी ले चौथो सातामा पनि राम्रो कमाइ गरिरहेको छ। त्यस्तै कात्तिक ३० मा रिलिज भएको ‘ह्रस्व दीर्घ ‘को व्यापार पनि सुखद छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार