2026-11-02 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु

जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ । धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन् ।

प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा उत्साह अझै थपिएको र विशेष व्यवस्था गरिएको जनकपुर धाम जानकी मन्दिरका महन्तका उत्तराधिकारी रामरोशन दास वैष्णले जानकारी दिए ।

उनले भगवान राम र माता सीताको पौराणिक विवाह उत्सवलाई जीवन्त बनाउन जनकपुर धाम अहिले चहलपहल र उत्साहले भरिएको बताए ।

उनले पञ्चवर्षीय विवाह महामहोत्सवको तयारीलाई व्यवस्थित बनाउन सम्पूर्ण मिथिलावासी लागि परेको बताए । जसअन्तर्गत जनकपुरधामका मारवारी सेवा समिति, कलवार कुट्टी, सुडी कुट्टी, रौनियार सेवा समितिले आवासको व्यवस्था गरेको छ भने सो स्थानका भोजनको व्यवस्था जानकी मन्दिरको तर्फबाट आयोजना हुने महन्तका उत्तराधिकारी रामरोशन दासले बताए ।

उनले भने, ‘यो मिथिलाको धार्मिक, संस्कृति उत्सवसँग जोडिएको पर्व हो, जसको तयारीमा प्रत्येक वर्ष मिथिलाका प्रत्येक नागरिक खुला मनले लाग्ने गर्छन् र अयोध्याबाट आएका पाहुनाका लागि खाना तथा वासको व्यवस्था पनि पूर्णरुपमा हाम्रो जिम्मेवारी हो ।’

महन्तका उत्तराधिकारी दासका अनुसार विवाह पञ्चमीको अवसरमा जनकपुरधामवासी मात्र नभएर स्थानीय सरकार तथा यहाँका युवा क्लबहरू पनि तयारीमा जुटेका छन् । यहाँका चौक चौराहा मठ मन्दिरहरू पनि सजाउन थालिएका छन् । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि विवाह पञ्चमी तयारीमा तीव्र रुपमा लागेको छ ।

त्रेता युगमा भगवान् राम र माता सीताको विवाहलाई स्मरण गर्दै मनाइने विवाह पञ्चमी महामहोत्सवलाई सफल बनाउन जनकपुरधाम उपमहानगर पालिकाले विशेष तयारी गरिरहेको छ । जनकपुरधाममा नेपाल र भारतलगायत विभिन्न देशबाट लाखौं तीर्थयात्री र पर्यटकको आगमन हुने भएकाले उपमहानगर पालिकाले व्यवस्थापनका लागि विभिन्न उपायहरू अपनाएको छ ।

जसअन्तर्गत रंगभूमि मैदानका हुने धनुष यज्ञका लागि पाँच सय दर्शनार्थीहरुका मञ्च व्यवस्थापनको कार्य भइरहेको छ भने जनकपुरधाम आउने श्रद्धालु भक्तजनहरुको विश्रमाका लागि धनुष यज्ञ मञ्चभन्दा दक्षिणतर्फ पाँच हजार श्रद्धालु अटाउने क्षमताको विश्रामस्थल निर्माण गरिँदै छ भने तिरहुतिया गाछीमा पनि विश्रामका लागि पण्डा लगाउने तयारी भइरहेको जनकपुर धामको प्रमुख मनोजकुमार साहले जानकारी दिए । उनले अयोध्याबाट आएका पाँच सय जना जन्तीका लागि कलवार कुट्टीमा व्यवस्था गरिने बताए ।

त्यस्तै, यातायात व्यवस्थापनका लागि जनकपुरधाम प्रवेश गर्ने मुख्य चारवटा नाकामा ठुला सवारी साधन व्यवस्थित गरिनेछ, जहाँ जटही नाकाबाट आउने सवारी साधनलाई हनुमाननगर, मुजेलिया भएर आउेन सवारीलाई कबर्ड हल, पुलचोकबाट आउनेलाई बावन विघा र कपिलेश्वर भएर आउनेलाई सवारीलाई कपिलेश्वरको अस्थायी बसपार्क राख्ने व्यवस्था मिलाइएको नगर प्रमुख साहले बताए ।

यसैगरी, उपमहानगर पालिकाले विवाह पञ्चमी लक्षित विभिन्न स्थानमा एक सयभन्दा बढी अस्थायी शौचालयको व्यवस्था गरिएको छ भने उपमहानगर, जानकी मन्दिर तथा युवा क्वल र सुरक्षा निकायको समन्वय र सहकार्यमा विवाह पञ्चमीलाई व्यवस्थित बनाउने तयारीमा जुटेको बताए ।

जनकपुरधाम उपमहानगर पालिकाले एक सय एनसीसी क्याडर र पाँच सय स्वयम सेवक परिचालन गर्ने छ भने नगर प्रमुख साहले श्रद्धालुहरुका लागि सुत्ने व्यवस्था मिलाउन प्रदेश सर कारसँग पनि आग्रह गरेको बताए ।

उनले भने, ‘विवाह पञ्चमी लक्षित जनकपुरधामका मुख्य सडक, गल्ली र मठमन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन व्यापक सरसफाइ अभियान सञ्चालन गरि एको छ । जहाँ जानकी मन्दिर र वरपरका सार्वजनिक स्थानमा फोहोर व्यवस्थापनका लागि डस्टबिन राख्ने व्यवस्था समेत गरिएको छ ।’

त्यसैगरि, मङ्सिर १६ गते (आइतबार) नगर दर्शन, १७ गते पुष्प वाटिका फुलवारी लिला १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यहि दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।

आयोध्यबाट आएका अतिथिहरुलाई २३ गते स–सम्मान बिदा गरेपछि उनीहरु आयोध्या फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द