2026-07-03 04:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला

काठमाडौँ | दक्षिण भारतीय अभिनेता नागा चैतन्य र अभिनेत्री शोभिता धुलिपाला वैवाहिक जीवनमा बाँधिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार दुवैले बुधबार परम्परागत शैलीमा भव्य विवाह गरेका हुन्।

यो ऐतिहासिक विवाह हैदराबादको अन्नपूर्ण स्टुडियोमा सम्पन्न भयो, जुन १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेका थिए। विवाहको तस्बिर चैतन्यका पिता, अभिनेता नागार्जुनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

तस्बिरमा शोभिता सुनको एम्ब्रोइडरीले सजिएको कञ्जीवरम रेशमी साडी र सुनका गहनामा आकर्षक देखिएकी छिन्, भने चैतन्य परम्परागत सेतो कुर्ता र धोतीमा देखिएका छन्। नागार्जुनले तस्बिर सेयर गर्दै लेखेका छन्, “शोभिता र नागाले यो सुन्दर जीवनको नयाँ अध्याय सुरु गरेको देख्दा म अत्यन्तै भावुक छु। मेरो छोरालाई बधाई र प्रिय शोभितालाई हाम्रो परिवारमा स्वागत छ। तिमीहरूले हाम्रो जीवनमा धेरै खुसी ल्याएका छौ।”

नागा र शोभिताले यसअघि अगस्टमा इन्गेजमेन्ट गरेका थिए। यो निजी कार्यक्रम नागार्जुनको हैदराबादस्थित जुबली हिल्समा रहेको घरमा सम्पन्न भएको थियो। इन्गेजमेन्टका तस्बिर पनि नागार्जुनले सार्वजनिक गरेका थिए।

यसअघि, नागा चैतन्यले सामन्था रुथ प्रभुसँग ६ अक्टोबर २०१७ मा हिन्दू र ७ अक्टोबरमा क्रिश्चियन परम्पराअनुसार विवाह गरेका थिए। विवाहपछि सामन्थाले आफ्नो नाम अक्किनेनी राखेकी थिइन्। तर, वैवाहिक जीवनको चार वर्ष पूरा हुन केही समयअघि नै, २०२१ को अक्टोबरमा, उनीहरूले सम्बन्ध विच्छेद गरेका थिए। त्यसपछि सामन्थाले आफ्नो नामबाट ‘अक्किनेनी’ हटाएर फेरि सामन्था रुथ प्रभु राखेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट