2026-06-17 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पुष्पा २’: बक्स अफिसमा नयाँ कीर्तिमान, तीन दिनमै कमायो ५८८ करोड

काठमाडौँ | बिहीबार प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा २’ भारतीय बक्स अफिसमा तहल्का मच्चाउँदै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मको लोकप्रिय संवाद “फायर होइन, वाइल्ड फायर” जस्तै, यसको कमाइ पनि बक्स अफिसमा वाइल्ड फायर बनेको छ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले तीन दिनमा हिन्दी संस्करणबाट मात्र २०५ करोड रुपैयाँ कमाएको छ। फिल्मले पहिलो दिन ७२ करोड, दोस्रो दिन ५९ करोड, र तेस्रो दिन ७४ करोडको व्यापार गरेको छ। योसँगै ‘पुष्पा २’ भारतको पहिलो यस्तो फिल्म बनेको छ, जसले दुई दिनमा ७० करोडभन्दा बढी कमाइ गरेको छ।

यसअघि शाहरुख खानको ‘जवान’ले तीन दिनमा १ सय ८० करोड कमाएर यो कीर्तिमान राखेको थियो। अब, ‘पुष्पा २’ ले यो रेकर्ड तोड्दै नयाँ बेन्चमार्क स्थापित गरेको छ।

ट्रेड पोर्टल स्याकेनिल्कका अनुसार, ‘पुष्पा २’ ले तीन दिनमा विश्वभरबाट ५८८ करोड कमाएको छ। विदेशी बजारमा मात्र १२५ करोड र भारतमा ३८७ करोडको व्यापार गरेको छ। फिल्मले भारतमा ७ सय करोड र विश्वभर १५ सय करोड नाघ्न सक्ने अनुमान गरिएको छ।

सुकुमारको लेखन तथा निर्देशनमा बनेको ‘पुष्पा २’ मा अल्लू अर्जुन, रश्मिका मन्दाना, फहद फासिल र सुनिल वर्मा मुख्य भूमिकामा छन्। फिल्म रक्तचन्दन काठको तस्करीको वरिपरि घुम्छ, जहाँ पुष्पराज पात्रले आफ्नो साम्राज्य खडा गरेको कथा छ।

५ सय करोड भारुमा बनेको यो फिल्मले प्रदर्शनअघि नै विभिन्न राइट्सबाट आफ्नो लगानी सुरक्षित गरिसकेको थियो। अब यसको व्यापारिक गति हेर्दा सर्वाधिक कमाउने भारतीय फिल्म बन्ने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ