३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

२८ मंसिर २०८१, शुक्रबार १७:२३

हैदाराबाद | पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।

तेलंगाना उच्च अदालतले शुक्रबार तेलुगु सिनेमा स्टार अल्लु अर्जुनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न आदेश दिएको हो।

तेल्गु नायक अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए । हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदराबादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।

अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो ।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा व्यवस्था कडा गरिएको थियो । धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका समेत दिइएको थिएन।

यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन(सूची) विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा दुई जना पक्राउ शोभा पाठकलाई ३ दिन हिरासतमा राख्न अनुमति