३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ

२ पुष २०८१, मंगलवार १७:४९

धनुषा । महोत्तरीमा प्रेमिकाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा २२ वर्षीया अनु रायको हत्या गरेको आरोपमा प्रहरीले सर्लाहीको चक्रघट्टा–९ खोइरीयाका २५ वर्षीय मन्दीपकुमार यादवलाई पक्राउ गरेको हो ।

महोत्तरीको टुटेश्वर मन्दिरमा विवाह गर्ने टुंगो लगाएर फर्किने क्रममा विवाद हुँदा प्रेमिका रायको हत्या गरेको आरोपमा उनकै प्रेमीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । विवाहको सहमतिपछि अभिभावकलाई घरमा बोलाउने विषयमा दुई जनाबीच विवाद भएपछि एकअर्कालाई कुटपिट हुँदा युवतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।

गत असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वरमा वेवाारिसे अवस्थामा शव फेला भेटिएको थियो । टुटेश्वर मन्दिरबाट मृतक महिलासँग आरोपितसँगै फर्किएको, टेम्पुमा सँगै यात्रा गरेको भिडियो प्राप्त भएपछि अनुसन्धान गर्दै जाँदा यादवलाई वीरगञ्जबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जैसवारले बताए । पक्राउ परेका यादवलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवन राइनोजलाई हराउदै कर्णाली याक्स दोस्रो क्वालिफायरमा, बाहिरियो चितवन टियूको जग्गा हिनामिना गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउनेछन् : प्रधानमन्त्री ओली चितवन राइनोजलाई जितका लागि ६४ रन आवश्यक दाङमा स्कुल बसको ठक्करबाट ३१ वर्षका युवकको मृत्यु नेकपा एसमा फेरियो नेताहरूको जिम्मेवारी, स्कुल विभाग प्रमुखमा झलनाथ दुई क्याच लिएका गुल्सन फर्किए बेन्चमा पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन आज बुधबार तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? चितवन राइनोजले गुमायो दोस्रो विकेट कर्णाली याक्सले चितवन राइनोजलाई दियो १७६ रनको लक्ष्य संघीय संसद अन्तरगत चार समितिको बैठक बस्दै भक्तपुरमा बुवाले गरे आफ्नै छोरालाई चक्कु प्रहार गरेर ह-त्या कर्णालीविरुद्ध टस जितेर बलिङ गर्दै चितवन आज विश्वभरि अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइदै आजको मौसम: तराई तथा उपत्यका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने एनपिएलमा आज दुई खेल हुदैँ, पहिलो इलिमिनेटर खेलमा चितवन र कर्णाली भिड्दै वामदेव गौतम एकीकृत समाजवादीमा जान ‘तयार’, तेस्रो वरियताको ‘वरिष्ठ नेता’ पद दिईने प्रेमिकाको हत्या आरोपमा युवक पक्राउ धनराज र उनकी श्रीमतीबीच सहकारी डिभोर्स भएको हो, श्रीमतीले १४ करोड ८१ लाख अपचलन गरेको देखिन्छ: सूर्य थापा नेकपा एसमा २४ सदस्यीय सचिवालय गठन(सूची)