२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते

२०८१, १० पुष बुधबार ११:३१

स्याङ्जा | स्याङ्जामा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मंगलबार राति पौने आठ बजे कालीगण्डकी गाउँपालिका-३ मा लु ४ त ७८३१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए।

‘कालीगण्डकी–३ को बिर्घा–मिर्मी सडक खण्डको भित्री सडकमा ट्याक्टर अनियन्त्रित भएर भिरबाट झण्डै ४० मिटर खसेर दुर्घटना भएको हो,’ प्रहरी निरीक्षक श्रेष्ठले नेपालखबरसँग भने, ‘दुर्घटनामा बाराको गढीमाई नगरपालिका-११ घर भएका अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको घटनास्थलमै मृत्यु भएको छ।’

सिरक–डसना बनाउने टली जोडिएको ट्याक्टर दुर्घटनामा परेको उनले बताए। दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका–१० का २४ वर्षीय अर्जुन शाह, कलैया–११ का २६ वर्षीय सलाम मुदिन मन्सुरी र गढिमाई ११ का १४ वर्षीय सिकिन्दर यादव घाइते भएका छन्।

घाइतेमध्ये साह र मन्सुरीको अवस्था गम्भिर रहेको श्रेष्ठले जानकारी दिए।

उनीहरुलाई कालिगण्डकी अस्पताल मिर्मी स्याङ्जामा सामान्य उपचार पश्चात थप उपचारका लागि राति नै लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ