Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

रुपन्देही । रुपन्देहीमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौली बस्ने २५ वर्षीय सागर थापा रहेका छन् ।

सागरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।