2026-10-10 04:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म

काठमाडौँ | सरोज पौडेलको निर्देशनमा फिल्म ‘कोशेढुंगा’ बन्ने भएको छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म घोषणा गरेका हुन्।

उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा पहाड हेरिरहेकी एक महिला उभिएकी छन्।

माथि डाँडामा उभिएकी उनका अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ। घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ।

डाँडामा उभिएर पहाड हेर्दै गरेकी महिलाले पहाडी जीवन छाडेर सपना पछ्याउन हिँडेको अर्थ लगाउन सकिन्छ। पोस्टरले ‘कोशेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ। तर, यस विषयमा निर्माण पक्षले केही बोलेको छैन।

निर्माण पक्षले जानकारी दिएअनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेने छन्।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्। चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् भन्नेबारे भने निर्माण टिमले जानकारी दिएको छैन।

‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को-को हुने, त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ। तर, हामी यति भन्छौँ- पूर्ण बहादुरको सारंगी जसरी दर्शकले मन पराउनुभयो, त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ।’

पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारंगी’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो। यसले नेपाली बक्सअफिसबाट मात्रै ५० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने