१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म

२१ पुष २०८१, आईतवार १४:१६

काठमाडौँ | सरोज पौडेलको निर्देशनमा फिल्म ‘कोशेढुंगा’ बन्ने भएको छ। हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारंगी’ फेम्ड निर्देशक पौडेलले नयाँ फिल्म घोषणा गरेका हुन्।

उनले थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन्। थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमिमा पहाड हेरिरहेकी एक महिला उभिएकी छन्।

माथि डाँडामा उभिएकी उनका अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ। परपर क्षितिज छ। घुरमैलो कलरले पहाडी कठिन जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको अनुमान लगाउन सकिन्छ।

डाँडामा उभिएर पहाड हेर्दै गरेकी महिलाले पहाडी जीवन छाडेर सपना पछ्याउन हिँडेको अर्थ लगाउन सकिन्छ। पोस्टरले ‘कोशेढुंगा’ सोसल ड्रामा भएको प्रस्ट हुन्छ। तर, यस विषयमा निर्माण पक्षले केही बोलेको छैन।

निर्माण पक्षले जानकारी दिएअनुसार चलचित्र २०८२ मा रिलिज हुनेछ। नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेने छन्।

बाबु श्रेष्ठको डीओपी रहने चलचित्र सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन्। चलचित्रमा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ।

कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन्। चलचित्रको मुख्य भूमिकामा को-को रहनेछन् भन्नेबारे भने निर्माण टिमले जानकारी दिएको छैन।

‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को-को हुने, त्यो हामी केही समयपछि जानकारी गराउनेछौँ। तर, हामी यति भन्छौँ- पूर्ण बहादुरको सारंगी जसरी दर्शकले मन पराउनुभयो, त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौँ।’

पौडेल निर्देशित ‘पूर्ण बहादुरको सारंगी’ सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म हो। यसले नेपाली बक्सअफिसबाट मात्रै ५० करोड रुपैयाँ कलेक्सन गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार