१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म

२२ पुष २०८१, सोमबार १५:११

काठमाडौँ | अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ। प्रदर्शनको ३२ औं दिनमा १३५२ करोड भारतीय रुपैयाँको आकडा पार गर्दै घरेलु बक्सअफिसमा धेरै कमाउने फिल्म बनेको हो।

पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा ‘पुष्पा २’ ले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो। सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारुको व्यापार गरेको थियो।

सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

यी हुन् भारतभर धेरै कमाउने फिल्म
१) पुष्पा २- १३५२ करोड भारु (३२ दिन)
२) बाहुबली २– १३४७ करोड भारु
३) दंगल– ५११ करोड भारु
४) बाहुबली– ४८१ करोड भारु
५) पिके– ४५० करोड भारु

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार