३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि…

२४ पुष २०८१, बुधबार १२:५७

मुम्बई | लोकप्रिय गायक उदित नारायण झाको मुम्बईस्थित अपार्टमेन्टमा आगलागी भएको समाचार सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार मंगलवार साँझ उनको ११औं तल्लामा रहेको अपार्टमेन्टमा अचानक आगलागी हुन थालेको थियो, जसका कारण एक जना व्यक्तिको निधन भएको तथा अन्य केही गम्भिर घाइते भएको बताइएको छ । यो घटना मुम्बईको अन्धेरी वेस्टस्थित शास्त्री नगरको स्काईप्यान अपार्टमेन्टमा भएको हो ।

सञ्चारकर्मीसंग कुराकानी गर्दै गायक उदित नारायण झाले उक्त घटनाका बारेमा जानकारी गराएका छन् । ‘हामी यो अपार्टमेन्टको ए विङमा बस्छौं, आगलागि बी विङमा भएको हो, उनले भनेका छन्– ‘अचानक आगलागि भएपछि करिव चार घण्टाको कथक प्रयासपछि दमकलकर्मीहरुले आगोमाथि नियन्त्रण पाउनु भयो । राति करिव ९ बजेपछि आगो लाग्न थालेको थियो । म यो अपार्टमेन्टको ११ तल्लाको ए विङमा बस्छु, बि विङतर्फ आगलागी भएको हो । आगो लाग्न थालेपछि हामी तर्फ झर्यौं र तीनदेखि चार घण्टासम्म भवनको परिसरमै बस्यौं । आगलागीको दृष्य निकै खतरनाक थियो, जे पनि हुनसक्ने अवस्था थियो । हामी सुरक्षित छौं, सम्पूर्ण शुभेच्क्षुकहरुप्रति आभारी छौं ।’

‘यो घटनाले हामीलाई मानसिक रुपमा प्रभाव पारेको छ, यसबाट मुक्त हुन हामीलाई केही समय लाग्ने छ । तपार्ईंले यस्तो घटनाको बारेमा सु्न्नु भयो भने समेत तपाईं भावुक हुनु हुनेछ, तर तपाईं आफैं त्यो घटनामा पर्नु भयो भने त्यो कति पीडादायक हून्छ भन्ने कुरा बुझ्नु हुनेछ, गायक झाले भनेका छन् ।

आगोका कारण करिव ७५ वर्षका राहुल मिश्राको निधन भएको बताइएको छ, जो उदित नारायणका छिमेकी थिए । घटनामा राहुलका आफन्त रौनक मिश्रालाई गम्भिर घाइते भएका छन् ।
समाचारमा जनाएए अनुसार आगलागको कारण एउटा बलिरहेको दीयालाई मानिएको छ, जसबाट पर्दामा आगो लागेको थियो र त्यहाँबाट आगो फैलिन थाल्यो । घटनापछि राहुलकी श्रीमतीले सहयोगका लागि कराउन थालेकी थिइन् । उनलाई सहयोग गर्नका लागि सुरक्षा गार्ड दौर्डि, तर त्यतिबेला सम्म आगो निकै फैलिसकेको थियो ।

घटनालगत्तै दमकलकर्मीहरुले आगो नियन्त्रणमा लिनका लागि प्रयास थालेका थिए । राति करिव ११ः४५ बजेमात्र आगोमाथि नियन्त्रण प्राप्त भएको थियो, तर त्यो बेलासम्म धातु तथा काँचका टुक्रा जमीनमा झरिसकेका थिए । यो घटनाले उक्त भवनमा जाने बाटो नै अवरोध भएको थियो भने बिद्युतको आपूर्ति पनि बन्द गरिएको थियो । यो घटनामा उदित नारायण झा तथा उनको परिवार पूर्ण रुपले सुरक्षित रहेको छ ।

यसअघि गत पुस १० गतेका दिन बलिउडकै अर्का गायक शानको बान्द्रास्थित फर्च्यून एन्क्लेभ बिल्डिङमा पनि आगो लागेको थियो, जसका कारण ठूलो क्षति भएको थियो । शान तथा उनको परिवारलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो ।

यो घटनापछि घरमा दीयो बाल्दा निकै सावधानी अपनाउनु पर्ने देखिएको छ । जाडो मौसममा न्यायो हुनका लागि प्रयोग गरिने हिटर लगायत अन्य विद्युतीय सामग्रीहरुसमेत आगलागीको कारण बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली