असार ३०, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ । 

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३०, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ । 

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अध"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बाढीले खेतीयोग्य जमिन डुबान

३० असार २०७४, शुक्रबार ०९:१८


असार ३०, राजविराज । सप्तरीमा हालै आएको बाढीका कारण रोपाइँ गरिएको धानबाली डुबानमा परेको छ । 

जिल्लाको विभिन्न खोला र नदीमा आएको बाढीका कारण अधिकांश खेतीयोग्य जमिन डुबानमा परेको छ । धानबाली डुबेर नष्ट भएको छ । खेतमा बालुवा र गिट्टी तथा पागोमाटो थुपारिएको छ । 

मोहुली खोलामा आएको बाढीले तिरुहुत गाउँपालिकाको मैना कडेरी, भेडिया, त्रिकोल, पिपराहीलगायत गाउँमा धानखेत डुब्नुको साथै बाढीले ठाउँ ठाउँमा कटान गरेको छ । सयौँ बिगाहामा लगाइएको धानबाली नष्ट भएको स्थानीयवासी बिना तिवारीले बताउनुभयो । 

यस्तै कञ्चनरुप नगरपालिका र हनुमानगर कङ्कालनी नगरपालिकाको बैरवा, बदगामा, बरमझिया, पोर्ताहा, भारदह, सकरदही, हनुमानगर, इनरुवा, मधुवापुर, डलुवा, रम्पुरा मलहनीयालगायत गाउँमा बाढीले धानबालीमा क्षति पुगेको हनुमानगर कङ्कालनी नगरपालिका– २ का श्यामसुन्दर खडकाले बताउनुभयो । 

हनुमाननगर कङ्कालनी नगरपालिका– ९, १०, ११, १२ र १४ वडाको सयौँ बिगाहा जमिन डुबानमा परेको छ । धानबालीसमेत नष्ट भएको छ । जिल्लाको खाँडो र बलान खोलामा आएको बाढीले सकरपुरा, तिलाठी, लोनियालगायत गाउँ डुबानमा परेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता