2026-08-20 12:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’

काठमाडौँ | ‘पुष्पा २ : द रुल’ले लामो समयदेखि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

भारतीय बक्स अफिससहित विश्वभर कलेक्शनको हिसाबले राम्रो प्रदर्शन गरिरहेको अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’को कमाइ रिलिज भएको एक महिना बितिसक्दा पनि शान्त हुने सङ्केत देखिँदैन ।

हालै रिलिज भएका गेम चेन्जर र फतेहजस्ता फिल्मले पुष्पा-२ को सङ्कलनलाई असर गर्ने अनुमान गरिएको थियो । तर, यो चलचित्रले सबै बाजी र अनुमानलाई गलत साबित गरेको छ ।

रिलिजको ३८औं दिनमा विश्वव्यापी कलेक्सनमा उत्कृष्ट प्रदर्शन गरेको छ । पुष्पा-२ ले छैटौं शनिबार घरेलु बक्स अफिसमा करिब २ करोड कमाइ गरेको छ ।

अहिलेसम्म फिल्मले १८ सय ४५ करोड भारु भन्दा बढी कमाइ गरिसकेको वितरकले जनाएको छ ।

चाँडै नै यो फिल्मले विश्वव्यापी रूपमा १८५० करोडको जादुई अङ्क पार गर्ने देखिएको छ । कुनै न कुनै रूपमा आफ्नो फिल्म विश्वव्यापी २,००० करोडको क्लबमा प्रवेश गरोस् भन्ने निर्माताको चाहना छ, तर अहिले त्यति सहज देखिँदैन ।

भारतीय सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा बढी २०२४ करोड कमाउने रेकर्ड आमिर खानको दंगलको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध सुनचाँदीको मूल्य घट्यो मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेस कतिखेर विभाजित हुने हो ठेगान छैन, एमालेको पनि बिजोग छ : माधव नेपाल राहदानी सेवा थप सुरक्षित र सहज बनाउने गरी संशोधन हुँदैछ : परराष्ट्रमन्त्री खनाल हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो : गगन थापा थप प्रश्न गर्न नपाएपछि आशिका तामाङ र सभामुखबीच विवाद, संसद्बाट बाहिरिइन् जनकवि दुर्गालाल श्रेष्ठको निधनप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली अर्पण वैदेशिक रोजगारीमा ठगी र अलपत्र नेपालीबारे छानबिन समिति बनाउन ज्ञानबहादुर शाहीको माग उपभोक्तालाई अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह