१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’

२८ पुष २०८१, आईतवार १२:३०

काठमाडौँ | ‘पुष्पा २ : द रुल’ले लामो समयदेखि बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।

भारतीय बक्स अफिससहित विश्वभर कलेक्शनको हिसाबले राम्रो प्रदर्शन गरिरहेको अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा २’को कमाइ रिलिज भएको एक महिना बितिसक्दा पनि शान्त हुने सङ्केत देखिँदैन ।

हालै रिलिज भएका गेम चेन्जर र फतेहजस्ता फिल्मले पुष्पा-२ को सङ्कलनलाई असर गर्ने अनुमान गरिएको थियो । तर, यो चलचित्रले सबै बाजी र अनुमानलाई गलत साबित गरेको छ ।

रिलिजको ३८औं दिनमा विश्वव्यापी कलेक्सनमा उत्कृष्ट प्रदर्शन गरेको छ । पुष्पा-२ ले छैटौं शनिबार घरेलु बक्स अफिसमा करिब २ करोड कमाइ गरेको छ ।

अहिलेसम्म फिल्मले १८ सय ४५ करोड भारु भन्दा बढी कमाइ गरिसकेको वितरकले जनाएको छ ।

चाँडै नै यो फिल्मले विश्वव्यापी रूपमा १८५० करोडको जादुई अङ्क पार गर्ने देखिएको छ । कुनै न कुनै रूपमा आफ्नो फिल्म विश्वव्यापी २,००० करोडको क्लबमा प्रवेश गरोस् भन्ने निर्माताको चाहना छ, तर अहिले त्यति सहज देखिँदैन ।

भारतीय सिनेमाको इतिहासमा विश्वभर सबैभन्दा बढी २०२४ करोड कमाउने रेकर्ड आमिर खानको दंगलको नाममा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार