७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र

१ माघ २०८१, मंगलवार १२:३३

काठमाडौँ | फिल्म ‘महाराजधिराज’ को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले सामाजिक सञ्जालबाट पोस्टर सार्वजनिक गरेका हुन्।

पोस्टरमा दुई पुरुष छन्। एकजना राज परिवारको पहिरनमा शीरमा श्रीपेच, हातमा राजदण्ड बोकेर उभिएका छन्। उनको अगाडि कुर्सीमा बसेका अर्को व्यक्ति नग्न अवस्थामा प्रस्तुत छन्। यी दुवै चरित्रमा देखिएका कलाकार पल शाह हुन्। पोस्टरमा देखिएका उनकाे क्यारेक्टरले फिल्मको कथाबारे कौतुहलता जगाएको छ।

पोस्टर सार्वजनिक गर्दै निर्देशक परिच्छेद सेनले फिल्मलाई कथा मात्र नभएर समाज र सत्ता दुबैको अँध्यारो मानसिकताको प्रतिबिम्ब रहेकाे बताएका छन्। ‘भनिन्छ जीवन एउटा उपहार हो, तर मान्छेहरुले यसलाई कहिलेकाहीँ सजाय बनाईदिन्छ्न। यो फिल्म केवल एउटा कथा होइन। यो त बाँचेर पनि पटक पटक मर्न बाध्य पार्ने यो समाज र सत्ता दुवैको अँध्यारो मानसिकताको प्रतिबिम्ब हो। उनले लेखेका छन् ‘संसारको क्रुरता भित्रको अन्यायपूर्ण संरचनाको ऐना हो। यो त सपना, संघर्ष र भावनाको एउटा जीवन यात्रा हो। यो आत्माको अभिव्यक्ति र हृदयको भाषा हो।’

फिल्मको स्लोगन पनि ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ राखिएको छ।

फिल्म आगामी वर्ष २०८२ सालकाे फूलपातीमा प्रदर्शन गरिने पोस्टरमा उल्लेख छ। छत्रेश्वरी म्यानेजमेन्ट प्रालिको ब्यानरमा बन्ने फिल्मका प्रस्तुतकर्ता विराज विष्ट हुन्। निर्देशक सेनकै लेखन रहने फिल्ममा टोपेन्द्र बिष्ट, चक्र बहादुर केसी र रबी खड्काले लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी