2026-10-10 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’

काठमाडौँ | मेला महोत्सवको यो सिजनमा स्ट्रेजमा कलकारहरूले जति मञ्च तताइरहेका छन् त्योभन्दा धेरै सामाजिक सञ्जाल तताइरहेका छन् । सामाजिक सञ्जालमा लेखेका स्टाटसले कुनै कलाकारको त डिर्भोससम्मको चर्चा चल्यो । र यी घटनाको केन्द्रमा छिन् गायिका ज्योती मगर । उनी मञ्चमा प्रस्तुति दिँदा जति ‘हट’ हुन्छिन् त्योभन्दा धेरै उनको सामाजिक सञ्जाल स्टाटसले ‘आगो’ लगाइरहेको छ । ज्योतीको स्टाटसका कारण एक हप्ता गायका एलिना चौहान तनावमा परिन् ।

अहिले ज्योतीले अर्की गायिका समीक्षा अधिकारीसँग सामाजिक सञ्जालमा ‘निहुँ’ खोजेकी छिन् । ६ माघमा गायिका अधिकारीले काठमाडौं एयरपोर्टमा अलपत्र परेको विषय सामाजिक सञ्जालमा लेखेकी थिइन् । ज्योतीले त्यसको जवाफ पनि सामाजिक सञ्जालबाटै दिइन् । जबकी समीक्षालाई ज्योतीले जवाफ दिनुपर्ने त्यो विषय नै थिएन । समीक्षाले श्री एयरलाइन्सले समयमा उडान नगरेको कारण आफूले एकपटक कार्यक्रम नै छुटाउनु परेको र फेरि अलपत्र पारिएको भन्दै श्री एयरलाइन्समाथि प्रश्न उठाएकी थिइन् ।

तर ज्योती मगरले किन हो समीक्षासँग सामाजिक सञ्जाल युद्ध छेडिन् । उनले लेखिन्, ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकाहरू आजभोलि अधिकांस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै…नेपाल को एयरपोर्ट एयरलाइन्सहरूको बारेमा बुझ पाखेहरू । कुनै पनि एयरलाइन्सहरूले जानीजानी दुःख दिँदैनन् ।’

यसरी नाम नलिए पनि समीक्षामाथि ज्योती खनिएपछि उनीविरुद्ध पनि सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् । ज्योतीले समीक्षालाई त्यसै दिन सामाजिक सञ्जालमा जवाफ दिएकी थिइन् । तर, समीक्षाले भने त्यसको भोलिपल्ट सोमबार जवाफ दिइन् । बुद्ध एयरको टिकटसहित उनले ‘दुस्मन हेरेको हेर्‍यै’ बोलको गीतमा फेसबुक रिल पोस्ट गरिन् । मंगलबार फेरि समीक्षाले म्याग्दी जान लागेको भन्दै एयरपोर्टको तस्वीरका साथ लेखेकी छिन्, ‘दुस्मन हेरेको हेर्‍यै ।’

उता ज्योतीले भने आफूले यसअघि कलाकार घरेलु हिंसामा परेको भनेर एलिनालाई नलेखेको र प्लेन उडानबारेको स्टाटस पनि समीक्षालाई नलेखेको बताएकी छिन् । तर, ती दुवै स्टाटसमा उनले एलिना र समीक्षाकै विषय उठाएको उनको लेखाइबाट बुझ्न गाह्रो भने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने