७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समीक्षा अधिकारी र ज्योती मगरबीच ‘सामाजिक सञ्जालयुद्ध’

८ माघ २०८१, मंगलवार १४:४१

काठमाडौँ | मेला महोत्सवको यो सिजनमा स्ट्रेजमा कलकारहरूले जति मञ्च तताइरहेका छन् त्योभन्दा धेरै सामाजिक सञ्जाल तताइरहेका छन् । सामाजिक सञ्जालमा लेखेका स्टाटसले कुनै कलाकारको त डिर्भोससम्मको चर्चा चल्यो । र यी घटनाको केन्द्रमा छिन् गायिका ज्योती मगर । उनी मञ्चमा प्रस्तुति दिँदा जति ‘हट’ हुन्छिन् त्योभन्दा धेरै उनको सामाजिक सञ्जाल स्टाटसले ‘आगो’ लगाइरहेको छ । ज्योतीको स्टाटसका कारण एक हप्ता गायका एलिना चौहान तनावमा परिन् ।

अहिले ज्योतीले अर्की गायिका समीक्षा अधिकारीसँग सामाजिक सञ्जालमा ‘निहुँ’ खोजेकी छिन् । ६ माघमा गायिका अधिकारीले काठमाडौं एयरपोर्टमा अलपत्र परेको विषय सामाजिक सञ्जालमा लेखेकी थिइन् । ज्योतीले त्यसको जवाफ पनि सामाजिक सञ्जालबाटै दिइन् । जबकी समीक्षालाई ज्योतीले जवाफ दिनुपर्ने त्यो विषय नै थिएन । समीक्षाले श्री एयरलाइन्सले समयमा उडान नगरेको कारण आफूले एकपटक कार्यक्रम नै छुटाउनु परेको र फेरि अलपत्र पारिएको भन्दै श्री एयरलाइन्समाथि प्रश्न उठाएकी थिइन् ।

तर ज्योती मगरले किन हो समीक्षासँग सामाजिक सञ्जाल युद्ध छेडिन् । उनले लेखिन्, ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकाहरू आजभोलि अधिकांस एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाई हाँसो उठ्छ बरै…नेपाल को एयरपोर्ट एयरलाइन्सहरूको बारेमा बुझ पाखेहरू । कुनै पनि एयरलाइन्सहरूले जानीजानी दुःख दिँदैनन् ।’

यसरी नाम नलिए पनि समीक्षामाथि ज्योती खनिएपछि उनीविरुद्ध पनि सामाजिक सञ्जालमा थुप्रै प्रतिक्रिया आएका छन् । ज्योतीले समीक्षालाई त्यसै दिन सामाजिक सञ्जालमा जवाफ दिएकी थिइन् । तर, समीक्षाले भने त्यसको भोलिपल्ट सोमबार जवाफ दिइन् । बुद्ध एयरको टिकटसहित उनले ‘दुस्मन हेरेको हेर्‍यै’ बोलको गीतमा फेसबुक रिल पोस्ट गरिन् । मंगलबार फेरि समीक्षाले म्याग्दी जान लागेको भन्दै एयरपोर्टको तस्वीरका साथ लेखेकी छिन्, ‘दुस्मन हेरेको हेर्‍यै ।’

उता ज्योतीले भने आफूले यसअघि कलाकार घरेलु हिंसामा परेको भनेर एलिनालाई नलेखेको र प्लेन उडानबारेको स्टाटस पनि समीक्षालाई नलेखेको बताएकी छिन् । तर, ती दुवै स्टाटसमा उनले एलिना र समीक्षाकै विषय उठाएको उनको लेखाइबाट बुझ्न गाह्रो भने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी