७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीलाई गायिका आस्था राउतको कटाक्ष : न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा..

८ माघ २०८१, मंगलवार १६:४९

काठमाडौँ | चितवनमा प्रहरीले एक युवामाथि गरेको निर्घात कुटपिटको विरोध गर्दै गायिका आस्था राउतले प्रहरीलाई कटाक्ष गरेकी छिन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार भन्दै प्रश्न समेत गरेकी छिन्।

प्रहरीको भकुर्ने बानी परिवर्तन हुनुपर्ने उनले धारणा राखेकी छन्। विदेशमा मान्छे मारेको मानिसलाई समेत प्रहरीले हात नहाल्ने उनको भनाइ छ।

उनले लेखेकी छिन्, न्वारन देखिको बल निकालेर ठोक्नु भएछ नी त्यो भाइलाई मामा.. हाम्रो देशमा कुटेरै तह लगाउँछौँ भनेर ठोक्‍छन.. घरि घरि जुँगाको लडाइ पनि हो कि बा जस्तो पनि लाग्छ है ! संस्कार सिकाउनै भए पनि कुट्नु समाधान हैन तर कुटेरै ठिक पार्नु पर्छ भन्ने चलन छ यसरी भकुर्ने बानी परिवर्तन हुनु पर्छ जस्तो मलाई लाग्छ ! मान्छेहरु को मानसिक स्थिति नै परिवर्तन हुन सक्छ, ठाउँ कुठाउँ लाग्यो भने ज्यान जान सक्छ ! बिदेशमा मान्छे मारेकोलाई नै त हात धरि हाल्दैन ! केहि बोल्नै नहुने कस्तो गणतन्त्र हो सरकार ?? ठिक छ कल गर्छु भन्यो भने ल ल गर गर भनेर भ्यानमा हाले भै हाल्यो नि.. बरु पक्रिएर थुनामा राख्ने, जरिवाना तोक्ने वा अन्य कार्वाही गर्नपनि सकिन्थ्यो । किन राम धुलाई गर्नु त्यसरी निर्घात रुपमा बिच सडकमा !? कस्तो निरङ्कुश सासान हो ?? मामाहरुको बानी यो अहिले देखिको हैन होला ! मामाहरुको पाठ्यक्रम मै यसै गरि कुट्नु पर्छ भन्ने छ कि जस्तो पो लागो !! यो कुनै नौलो कुरा चाहिँ होइन है.. तर हामीलाई परिवर्तन चाहिन्छ है सकारात्मक

सोमबार सामाजिक सञ्जालमा चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडक खण्डमा सवारी जाँचका क्रममा प्रहरीले युवक कुटेको भिडियो भाइरल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी