८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए

१० माघ २०८१, बिहीबार १४:१०

महेन्द्रनगर | कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोलि चलाएका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवानले बुधबार बेलुका आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

उनका अनुसार डिउटीमा रहेका प्रहरी जवान वकिल विष्टले आठ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन्। ‘साँझ सेन्ट्री (डिउटी) बसेका बेला आफैंले बोकेको हतियारले गोली चलाएका हुन्।’ उनले भने, ‘उनको अवस्था गम्भीर छ ।’

प्रहरीका अनुसार बिष्टको दाहिने कानको माथि टाउकोमा गोली लागेको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । उनले के कारणले गोलि प्रहार गरे भन्ने खुलेको छैन। एक महिनाअघि जिल्ला प्रहरी कार्यालयको प्रबन्ध (हातहतियारको रेखदेख गर्ने) शाखामा कार्यरत प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता