Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

महेन्द्रनगर | कञ्चनपुरमा एक प्रहरी जवानले आफैंमाथि गोलि चलाएका छन्। महेन्द्रनगरस्थित सुदूरपश्चिम प्रदेश प्रहरीको विपद् व्यवस्थापन शाखामा कार्यरत प्रहरी जवानले बुधबार बेलुका आफैंमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए।

उनका अनुसार डिउटीमा रहेका प्रहरी जवान वकिल विष्टले आठ बजेतिर आफैंले बोकेको एसएलआरले गोली हानेका हुन्। ‘साँझ सेन्ट्री (डिउटी) बसेका बेला आफैंले बोकेको हतियारले गोली चलाएका हुन्।’ उनले भने, ‘उनको अवस्था गम्भीर छ ।’

प्रहरीका अनुसार बिष्टको दाहिने कानको माथि टाउकोमा गोली लागेको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । उनले के कारणले गोलि प्रहार गरे भन्ने खुलेको छैन। एक महिनाअघि जिल्ला प्रहरी कार्यालयको प्रबन्ध (हातहतियारको रेखदेख गर्ने) शाखामा कार्यरत प्रहरी जवान चक्र न्यौपानेले पनि आफैंमाथि गोली चलाएका थिए ।