प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनाम"/>

2026-09-02 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका प्रगतिशिल लेखक केसीको दुर्घनामा परी निधन


 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनामा परी निधन भएको छ । 

के.सी.लाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं. को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह न.पा.–१० गणेश प्रतीक्षालय नजिक पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८६२ नं. को बसले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । 

गम्भीर घाइते के.सी. लाई लुम्बिनी अञ्चल अस्पतालले उपचारको लागि युनिभर्सल मेडिकल कलेज रिफर गरेकोमा मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार बिहान ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

दुर्घटनामा छातीमा गम्भीर चोट लागेपछि शरीरको भित्री भागमा रगत जमेकाले के.सी.को निधन भएको अस्पतालले जनाएको उपचारको क्रममा संगै रहेका स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले बताए । गम्भीर घाइते के.सी.ले नै सुरक्षाकर्मीलाई कार्कीको फोन नं. बताएर बोलाउन लगाएको कार्कीले बताए । 

गुल्मीको कुर्घा गाविसमा वि.स. २०१६ सालमा जन्मेका के.सी. परिवारसहित तिलोत्तमा न.पा. ८ दीपनगरमा बस्दै आएका थिए । स्व. के.सी.को सोमबार देवदहको रोहिणीघाटमा दाहसंस्कार गरिएको छ । के.सी.को पार्थिव शरीरमा मालेमा अध्ययन केन्द्रका प्रवक्ता बिनबहादुर कुँवरले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, सिद्धार्थ पब्लिकेशन प्रा.लि.का अध्यक्ष एम.बी. विश्वकर्मा लगायत सहभागी थिए । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, मालेका अध्ययन केन्द्रका विनबहादुर कु“वर, नागरिक अभियानका पदमबहादुर कार्की लगायतले बोल्दै के.सी.को निधनले वाम आन्दोलनमा अपूरणीय क्षति पु¥याएको बताएका थिए । 

मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका के.सी. वि. स. २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । के.सी. २०४८ सालपछि डा. बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए । स्व के.सी. का श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली