प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनाम"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका प्रगतिशिल लेखक केसीको दुर्घनामा परी निधन

२ श्रावण २०७४, सोमबार १४:१०


 प्रेम सुनार/साउन २, गुल्मी । दैनिक लुम्बिनीका स्तम्भकार प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष खडग बहादुर रिजाल क्षेत्री (विकास के.सी.) को दुर्घटनामा परी निधन भएको छ । 

के.सी.लाई आइतबार साँझ ८ बजेतिर लु १० प २३१९ नं. को स्कूटरमा बुटवलदेखि पूर्वतर्फ जाँदै गर्दा देवदह न.पा.–१० गणेश प्रतीक्षालय नजिक पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८६२ नं. को बसले ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । 

गम्भीर घाइते के.सी. लाई लुम्बिनी अञ्चल अस्पतालले उपचारको लागि युनिभर्सल मेडिकल कलेज रिफर गरेकोमा मेडिकल कलेजमा उपचारको क्रममा उनको सोमबार बिहान ४ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

दुर्घटनामा छातीमा गम्भीर चोट लागेपछि शरीरको भित्री भागमा रगत जमेकाले के.सी.को निधन भएको अस्पतालले जनाएको उपचारको क्रममा संगै रहेका स्वाधीनताका लागि नागरिक अभियानका अध्यक्ष पदमबहादुर कार्कीले बताए । गम्भीर घाइते के.सी.ले नै सुरक्षाकर्मीलाई कार्कीको फोन नं. बताएर बोलाउन लगाएको कार्कीले बताए । 

गुल्मीको कुर्घा गाविसमा वि.स. २०१६ सालमा जन्मेका के.सी. परिवारसहित तिलोत्तमा न.पा. ८ दीपनगरमा बस्दै आएका थिए । स्व. के.सी.को सोमबार देवदहको रोहिणीघाटमा दाहसंस्कार गरिएको छ । के.सी.को पार्थिव शरीरमा मालेमा अध्ययन केन्द्रका प्रवक्ता बिनबहादुर कुँवरले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।

श्रद्धाञ्जली कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी., वरिष्ठ साहित्यकार दिल साहनी, वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, सिद्धार्थ पब्लिकेशन प्रा.लि.का अध्यक्ष एम.बी. विश्वकर्मा लगायत सहभागी थिए । कार्यक्रममा प्रगतिशील लेखक संघ रुपन्देहीका अध्यक्ष देवेन्द्र घिमिरे, मालेका अध्ययन केन्द्रका विनबहादुर कु“वर, नागरिक अभियानका पदमबहादुर कार्की लगायतले बोल्दै के.सी.को निधनले वाम आन्दोलनमा अपूरणीय क्षति पु¥याएको बताएका थिए । 

मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका के.सी. वि. स. २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । के.सी. २०४८ सालपछि डा. बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए । स्व के.सी. का श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली