2026-09-02 02:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सक्रान्ती मनाउने खान लिन गएका बिक श्रीमतिको झण्डै काल लिएर फर्किए

प्रेम सुनार/साउन २, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गको निसीखोलामा आईतवार सबको घरमा साउने सक्रान्ति चाड लागेको थियो ।

निसीखोला गाउँपालिका –५ कटुवाल देराकी ईन्द्रमाया बिकले भने साउने सक्रान्ति मनाउने सरसमान किन्न हिडेका श्रीमान ज्ञान बहादुर बिश्वकर्मा कति वेला आउँछन र  स–परिवार साउने सक्रान्ति मनाउला भन्दै श्रीमानका बाटो कुरेर बसेकी थिईन् । श्रीमान त फर्किए तर उनले कल्पना गरे जस्तो साउने सक्रान्ति बनेन उनको । मिठो आशमा बसेकी उनलाई श्रीमानले खानपिन ल्याउनुको साटे रक्सीले टिल परेर झण्डै उनको काल लिएर आए । 

घर आउन साथ २८ वर्षिय बिकले  एक्कासी श्रीमती इन्द्रमायाँलाई निर्घात कुटपीट गरी गम्भीर घाईते बनाएर फरार भए ।

मदिरा सेवन गरी मात्तिएका उनले अर्की श्रीमती ल्याउछु भन्दै इन्द्रमायाँलाई हातपात गर्न थालेपछी बाहिर भाग्न लाग्दा घरको ढोका बन्द गरी श्रीमतीलाई निर्घात कुटपीट गरी अचेत बनाएको प्रत्यक्षदर्शील बताए ।

राति १० बजेको समयमा ईन्द्रमायाँ चिच्च्याएको आवाज सुनेपछी निज ज्ञान बहादुरकी भाई बुहारी अनिता बिश्वकर्मा आएर बचाएकी थिईन । उनले घाईते इन्द्रमायालाई बोकेर माइत पुराएको बताईन ।

आफनी बहिनी कुटिएको देखेपछी उनका दाजु ढाल बहादुर बिश्वकर्माले स्थानीय भलाद्मी तथा जन प्रतिनिधि सुनिल बिक कहाँ उजुरी गर्न गए पछि सुनिल बिकले घरमा गएर खोज तलास गर्दा ज्ञान बहादुर बिक ४ वर्षकी जेठी छोरी लिएर एकाबिहानै फरार भैसकेका रहेछन् ।

जनप्रतिनिधि सुनिल बिकले ईन्डिया गएको हुन सक्ने आसङ्काले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा फोन मार्फत खोजी गर्न र पक्राउ गर्न जानकारी गराएको बुझिएको छ । उता पीडित इन्द्रमाया बि क लाई अचेत अबस्थामा निसीस्थित विश्व मेडिकल हलमा उपचार गरिदै गरेको उनका दाइ ढाल बहादुर बिस्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली