७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरुणिमाले हटाइन् फेसबुकबाट श्रीमानसँगका तस्बिर

२० माघ २०८१, आईतवार १४:०५

काठमाडौँ | अभिनेत्री अरुणिमा लम्सालको पनि पतिसँग सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक सञ्जालबाट पतिसँगको तस्बिर र भिडियोहरु हटाएसँगै सम्बन्ध राम्रो नरहेको चर्चा चल्न थालेको हो।

गत भदौमा सुनसरीको चतारा स्थायी घर भएका युवराज श्रेष्ठसँग विवाह गरेकी लम्सालले श्रीमानसँग तस्बिरहरु सामाजिक सञ्जालबाट हटाएकी छिन्।

अरुणिमाले विवाहका तस्बिर र भिडियोहरु प्रशस्तै संख्यामा सामाजिक सञ्जाल फेसबुकमा राखेकी थिइन् । ती तस्बिर-भिडियोहरु अहिले देखिँदैनन् । इन्स्टाग्राममा पनि दुबैले एक अर्कोलाई फलो गरेको देखिन्न् ।

अरुणिमा र युवराजको भने मागी विवाह हो । अरुणिमा नेपाल घुम्न आएका बेला आफन्तबाट कुरा आएपछि उनीहरुको भेट भएको थियो । दुवैले एक अर्कालाई मन पराएका थिए ।

चिनजान भएको १५ दिनभित्रै विवाह गरेको उनीहरुले अन्तरवार्तामा बताएका छन् । विवाह गरेको केही दिनमै अरुणिमा नियमित सेड्यूल अनुसार अमेरिका गइन् । उनी श्रीमानको घरमा अहिलेसम्म भित्रिएकी छैनन् । वैशाखमा श्रीमतीलाई घर भित्र्याउने युवराजले बताएका थिए ।

विवाहपछि दुवैजना अमेरिका सेटल हुने योजना थियो । तर, अहिले अरुणिमा यो सम्वन्धलाई निरन्तरता दिन नसक्ने मनस्थितिमा पुगेको स्रोतहरुको दावी छ । उनले निकटस्थहरुसँग ‘युवराजबाट धोका पाएको’ बताउने गरेकी छन् ।

अरुणिमाले श्रीमानसँगको तस्बिरहरु हटाएपनि श्रीमान युवराजले भने हटाएका छैनन्। उनको फेसबुक प्रोफाइलमा अहिले पनि अरुणिमासँग विवाहकै फोटो देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी