१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हलमा कस्तो चल्दैछ प्रदीप अभिनीत फिल्म ‘एक्टर: टेक वान’?

२० माघ २०८१, आईतवार १७:११

काठमाडौँ | कानुनी झमेलापछि अन्ततस् फिल्म ‘एक्टर: टेक वान’ शुक्रबारदेखि प्रदर्शन भइसकेको छ। पहिलो दिन सुस्त रहेपनि शनिबारदेखि फिल्मले दर्शकहरुको राम्रो साथ पाइरहेको फिल्मका निर्माता थमन कुमार भण्डारीले जानकारी दिए।

शनिवार बिहानैदेखि उत्कृष्ट प्रतिक्रियासँगै दर्शकको राम्रो उपस्थिति थियो। शनिवार देशभर करिब ३ सय ३० वटा स्क्रिनहरूमा चलचित्र प्रदर्शन भइरहेको वितरण कम्पनी डीसीएनले जनाएको छ।

साथै, शनिबार फिल्मका मुख्य कलाकारहरु हल भिजिटमा निस्केका थिए। अभिनेताहरू प्रदिप खड्का, राजबल्लभ कोइराला तथा अभिनेत्री दिव्या रायमाझी चलचित्र हलहरूमा दर्शक भेट्न पुगे।

शनिबार दिउँसो लबिम मलस्थित क्युएफएक्स सिनेमा हलमा पुग्दा दर्शकले ‘एक्टरस् टेक टु’ को समेत माग गरे। फिल्मको अन्त्यमा आकस्मिक रूपमा कलाकारहरू हल छिरेपछि दर्शकले ‘एक्टरस् टेक टु’ नारा लगाएका थिए।

चलचित्र हेरेका दर्शकले अप्रत्याशित क्लाइमेक्सको तारिफ गरेका छन्।

निर्माता भण्डारीले शनिबार फिल्मले १ करोड बढीको व्यापार गरेको समेत दाबी गरे। ‘बिदा भएकाले शुक्रबार र शनिबारको जम्मा कलेक्सन निकाल्न बाँकी छ। पहिलो दिन ढिलो शो सुरु हुँदा खासै राम्रो हुन सकेन। तर, शनिबार भने १ करोड माथिको व्यापार भएको छ,’उनले नेपालखबरसँगको कुराकानीमा भने।

उनका अनुसार आज निर्माण टिम दर्शकलाई भेट्न नेपालगञ्ज जाँदैछ। आजपनि दर्शकहरुको राम्रै साथ रहेको उनको भनाइ छ।

यस फिल्ममा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका अभिनय छ। राजन भुसाल निर्देशित यस फिल्मको कथा आकाश बराल र निर्देशक भुसालले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार