2026-11-01 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा टिप्पर पल्टिँदा सह-चालकको मृत्यु

जाजरकोट | जाजरकोटको छेडागाडमा टिप्पर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ । भे १ क १०५५ नम्बरको टिप्पर एक्कासी ब्रेक फेल भई दुर्घटना हुँदा मध्यपहाडी राजमार्गमा काम गर्ने दाङ तुल्सीपुर उपमहानगरपालिका वडा न.३ बस्ने वर्ष ४२ का हरिप्रसाद भट्टराईको नगर अस्पताल थलहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बिहान ८ः३० बजेको समयमा छेडागाड न.पा. ११ सिम्लेखोलास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । छेडागाड नगरपालिका ११ फुन्मादेखि वडाबनतर्फ गिट्टी लिएर आउँदै गरेको टिप्पर पल्टीएको प्रहरीले जानएको छ ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश तिमिल्सेनाले त्यस्तै गम्भीर घाइते भएका टिप्पर चालक सुर्खेत बिरेन्द्र नगर नगरपालीका १ बस्ने वर्ष २५ को सन्तोष सुनारलाई थप उपचारका लागि नेपालगन्ज तर्फ रिफर गरिएको बताएका छन् ।

अर्का घाइते दैलेख नारायाण नगरपालिका ८ बस्ने वर्ष १८ का सुजन रावलको छेडागाड नगरपालिका ५ सामुदायिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी तिमिल्सेनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द