2026-11-02 03:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

मामाघर बस्दै आएका बालक ७ दिनदेखि बेपत्ता

 बारा | बाराको जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ७ शान्ति टोलको ३ वर्षीय बालक ७ दिन देखि बेपत्ता छिन्। मामाघर बस्दै आएका रितेश चौधरीको छोरा अंश चौधरी ७ दिन देखि बेपत्ता भएका हुन्।

रौतहट जिल्लाको दुर्गा भागवती गाउँपालिका १ भागाहा पिप्रा घर भएका अंशको बुवा परिवार सहित ससुरालीमा बस्दै आएका थिए। मामा घरमा बस्दै आएका अंश माघ १७ गते बिहीबार बिहान ९ः३० बजेदेखि बेपत्ता भएको परिवारका सदस्यहरूले बताएका छन् ।

विद्यालय जाने बालबालिकाहरूसँगै घरबाट बाहिरिएको र जितपुर बजारसम्म पुगेको उनका बुवा रितेश चौधरीले बताए। अंश घरबाट निस्केर नफर्के पछि उनलाई टोलमा खोजबिन गरेर छोरा हराएको जानकारी प्रहरीलाई दिएको अंशका आमा अन्जली जैसवालले बताइन्।

प्रहरीलाई छोरा हराएको जानकारी त्यही दिन दिँदा समेत प्रहरीले अहिलेसम्म खोज बिन गर्न नसकेको उनकाे दुखेसो छ।

बारा प्रहरी प्रमुख सन्तोष तमाङले हराएको ३ वर्षीय बालक अंकलाई सकुशल फर्काउन विशेष प्रहरी टोली परिचालन गरिएको बताए। हराएको बालकलाई जसरी पछि सकुशल फर्काउन प्रहरी लागेको र प्रहरीले गरेको खोजतलासको कार्यमा सहयोगको अपेक्षा रहेको प्रहरी उपरीक्षक तमाङले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द