२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

घर भाडा नदिएको निहुँमा घरधनीद्वारा ५२ वर्षीय व्यक्तिको हत्या

२५ माघ २०८१, शुक्रबार १२:१५

काठमाडौँ | भाडा नदिएको निहुँमा पाल्पामा एक घरधनीले आफ्नो घरमा बस्दै आएका एक व्यक्तिको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार पाल्पाको तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले घर भाडा नदिएको निहुँमा रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको हत्या गरेका हुन्।

घटनापछि विष्टलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरेको थियो। त्यस क्रममा १४ सय रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लका अनुसार बुढाथोकी ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्दै आएका थिए।

मजदुरीबाट जीविका गर्दै आएका बुढाथोकी माघ २३ गते बिहान कोठामा मृत भेटिएका थिए। उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्टलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ